नवलपरासी, चैत १२
नवलपरासीको सुस्तामा नदीजन्य वस्तुको दोहन चरम रुपमा बढेको छ । नदीको पुर्वी तटमा भारतीय जेसीबीकाे प्रयोग गरी नारायणी नदीको बालुवा गिट्टीको उत्खनन् भइरहेको स्थानीयवासीले बताएका छन् ।
नेपाल र भारत दुबै देशमा कोरोनाका कारण लकडाउन लागु भएको मौका छोपेर तस्करहरु सकृय भएका छन् । आफैमा दुर्गम रहेको सुस्ता क्षेत्रमा लकडाउनका कारण अधिकारीहरुको निगरानी कम भएको अवस्थामा सुस्तामा तस्करी सकृृय भएको हो ।
तटिय क्षेत्रबाट नदीजन्य वस्तुको अवैध उत्खनन् बढेपछि सुस्ता गाउं नै कटानको जोखिममा पर्ने डरले सुस्तावासी त्रसित बनेका छन् । विशेष सुत्रबाट प्राप्त जानकारी अनुसार सुस्तामा दिनरात चौबिसैै घण्टा उत्खनन् भइरहेको छ । सुस्तामा रहेको स्थानीय जनपद र सशस्त्र प्रहरी समेत मूकदर्शक बनेको छ ।
सुस्तावासी भन्छन्, यसरी भइरहेको अवैध उत्खनन् कार्यमा प्रहरी नै चुप लागेपछि हाम्रो ज्यान तथा घरवास समेत जोखिममा पर्ने भएको छ ।
अनियन्त्रित रुपमा भइरहेको नदीजन्य वस्तुको उत्खनन् कार्य तत्काल रोकिएन भने पुरै सुस्ताको भविश्य अन्धकारमा धकेलिने छ । नदी कटान भै सुस्ता गाउं नै नदीमा विलिन हुनेछ । सरकारले तत्काल नियन्त्रण गर्न सुस्तावासीको माग रहेको छ ।
सुस्तामा सडक निर्माणकाे नाममा निकाल्न लागेकाे गिट्टी तथा बालुवा भारतीय बजारमा बेेच्नका लागि ठेकदारले सुस्ता कै एक स्थानमा स्टक गर्न लागेकाे बताईएकाे छ । छिमेकी भारतकाे बिहारमा ठुलाे माग रहेका कारण नारायणी नदीकाे मिस्कट अवैध रुपमा भारत निकासी गर्ने तानाबाना बुनेकाे बताईएकाे छ । तस्करीका लागि हजाराैं टेक्टर मिस्कट स्टक गरिसकिएकाे छ भने दैनिक रुपमा सयाैं टेक्टर मिस्कट अाेसार्ने काम निर्वाध रुपमा जारी छ । अपडेट २०७६/१२/१२-3:28pm