सिमा तस्करकाे लागि सुरक्षित नाका महेशपुर

43

नन्दु यादव/ जितेन्द्र गुप्ता चैत ५ महेशपुर ।

सिमा क्षेत्रमा खुलेयाम तस्करी भईरहेकाे समाचार पटकपटक बिभिन सञ्चारमाध्यम अाउदा बिबादमा अाएकाे महेशपुरनाका बाट अझ पनि तस्करी नराेकिएकाे स्थानिय जनताले गुनासाे गरेका छन ।

महेशपुर नाकाबाट भइरहेकाे तस्करीले गर्दा केही दिन अगाडि मात्र स्थानिय प्रहरी र ब्यापारीहरु बिच झडप समेत भएकाे थियाे केही दिन नबित्दै फेरि २ लाख ५० हजार बराबरकाे अबैध रुपमा रहेकाे कपडा सरावल ४ बटसारेबाट शशस्त्र प्रहरी बल हरपुरकाे गस्ती टाेलीले कपडा बरामद गरेकाे हरपुर चेकपोस्टकाे सशस्त्र प्रहरी निरिक्षक प्रकाश कुमार ढकालले बताउनु भयाे ।

जसमा साडि, सुट र १२० किलाे चिनि रहेकाे बताईएकाे छ बरामद गरिएकाे उक्त सामान भैरहवा भन्सार चलान गरिएकाे ढकालले बताए ।

पटक पटक याे क्षेत्रमा कपडा, चिनि, सुपारी जस्ता सामानकाे बरामद भएकाे पाईएकाे छ । कराेडाैकाे राजस्व छलि प्रहरी र ब्यापारीकाे मिलाेमताे तस्करी भईरहेकाे स्थानियबासीले गुनासाे समेत गरेका छन ।

स्थानिय व्यापारीसंग माेटाे रकम लिई प्रहरीलेनै तस्करी गराईरहेकाे स्राेतकाे दावी छ ।

सिमा क्षेत्रकाे गेर्मी, महेशपुर, भुजहवा, बसहिया र पकलिहवा लगायतका नाकाबाट भयकर खुलेयाम तस्करी भईरहेकाे छ।