संजय कुशवाहा/ नवलपरासी
नवलपरासी जिल्लाको सिमा क्षेत्र पक्लिहवा नाकाबाट कुखुरा तस्करी भईरहेको स्थानीय बासिहरूले बताएका छन ।भारतको बहुवार बजार संग जोडिएको नाकाबाट कुखुराको तस्करी भएको हो ।भारतको महराजगं जिल्लामा केही दिनदेखि कुखुरा र अण्डामा बर्डफ्लु रोगको प्रकोप देखा परेको जानकारी प्राप्त भएको हुदा सो बर्डफ्लु रोग नेपालमा पनि फैलिने प्रबल संभावना भएको हुदा उक्त रोग भित्रिन नदिनको लागि भारतीय कुखुरा र अण्डा नेपालमा भित्र्याउने नदिनको लागि पशु क्वारेन्टाइन चेकपोस्ट महेशपुले नेपाल सरकारको सिमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई भारतीय कुखुरा र अण्डा भित्र्याउन नदिनको लागि प्रत्र पनि पठाएको छ ।तर सिमा नजिकै नेपालमा कुखुरा फर्म संचालन गरि भारतिय कुखुरा भित्रयाई नेपामा महगो रेटमा बेचिएको बताएको छ ।नेपालमा व्यवसाय संचालन गरि भारतमा बर्डफ्लु रोग लागेकोले सस्तो मुल्यमा खरिद गरि नेपाल ल्याएर महगो रेटमा बिक्री गरिएका छन ।नेपालीको कागजात पत्र देखाई दिनदहाडै तस्करहरू कुखुरा र अण्डा तस्करी गरिरहेका छन् ।भारतबाट साईकल,मोटरसाइकलमा बोकेर नेपाल भित्रयाउने काम गरिरहेका स्थानीय बासिले बताएका छन ।
नेपालमा भारतिय कुखुरा नेपालमा आउने निशेध रहे पनि स्थानीय प्रहरीहरूकै मिलोमतोमा खुलेयाम तस्करी भईरहेको छ ।नेपाल सरकारको सिमा सुरक्षाका लागि प्रहरी चौकी सशस्त्र सिमा बल समेत रखेको छ ।
प्रहरी नै रक्षकको रूपमा काम नगरी खुलेयाम तस्करी गराईएका छन ।