नवलपरासी माघ ७ गते ।
जिल्लाकाे प्रतापपुर गाउपालिका वडा ६ गुठी प्रसाैनीमा रहेकाे सामुदायिक मेलमिलाप केन्द्रकाे कार्यालयमा स्थानीयबासीकाे एक सुमहले तालाबन्दी गरेकाे छ ।
केन्द्रका संयाेजकले एकलाैटी रुपमा कार्यालय संचालन गरेकाे तथा हैकमबादी व्यवहार गरेकाे लगायतका अारेापका साथ सामुदायिक मेलमिलापका संयाेजक परिवर्तन गरिनुपर्ने माग राख्दै तालाबन्दी गरिएकाे स्थानिय युवराज माैर्याले जानकारी दिनु भयाे ।
तालाबन्दी मेलमिलाप केन्द्रका सदस्य लक्ष्मी प्रसाद हरिजनकाे नेतृत्वकाे समुहले गरेकाे बताइएकाे छ । सामुदायिक मेलमिलाप केन्द्रकाे सयाेजक परिवर्तन गरिनुपर्ने भनी माग राख्दै लक्ष्मीप्रसाद हरिजन र राम गाेबिन्द काेईरीकाे हस्ताक्षर रहेकाे ज्ञापन पत्र प्रतापपुर गाउपालिकाकाे उपप्रमुखलाई बुझाएका छन् ।
उता संस्थाका संयाेजकले अाफुलाई झुठाे अारेाप लगाएकाेले सत्य तथ्यरुपमा छानबिन गरि न्याय दिलाउन माग गरेका छन । घरायसी विवादकाे प्रतिसाेध साध्नका लागि युवराज माैर्य र राम गाेविन्द काेइरी लगायतका व्यक्तिहरूलाइ उक्साएर म प्रति उतारेकाे रहस्य खुलासा भएकाे छ ।
मेलमिलापका संयाेजकका घर छिमेकी रहेका हरि काेइरीकाे उक्साहटमा तालाबन्दी गरिएकाे व्यापक चर्चा रहेकाे बताइएकाे छ । संयाेजक र हरि काेइरी घर छिमेकी रहेकाे र पुरानाे अापसी विवादकाे विषयलाइ लिएर संयाेजकलाइ निशाना बनाइएकाे चर्चाले संयाेजक माथि लगाइएकाे अाराेप कथित हाे भन्ने कुरा जनचर्चामा छ । उनलाइ पदमुक्त गराइ तालाबन्दि गरेकाे समुहले राजनीतिक लाभ समेत हात पार्नका लागि अाफ्नाे व्यक्तिलाइ पदस्थापन गर्न चाहेकाे रहस्यकाे खुलासा हुन पुगेकाे छ ।