साढे २ लाखले अवलाेकन गरेकाे मदारबाबा मेलामा भेटी २६ लाख

49

नवलपरासी, फागुन ३ गते ।

भेटी रकमलाई सुरक्षित र पारदर्शी बनाउन ५ वटा सिसी टिभी क्यामेरा जडान गरिएको मदारबाबा मेलामा २६ लाख भेटी रकम संकलन भएको छ । एक सातासम्म संचालित मेलामा करिब २ लाख ५० हजारले मेलाकाे भ्रमण तथा अवलोकन गरेकाे अायाेजक कमिटिले जनाएकाे छ ।

नवलपरासीको जिल्लाको सुस्ता गाउँपालिका २ महलबारी बजारबाट ९ किलोमिटर पहाड माथि मदारिया डाँडामा अवस्थित छ । मदारबाबाको मुख्य स्थल मजारमा २० लाख ७५ हजार ७९२ रुपिया भेटी रकम संकलन भएको छ भने तल महलबारी बजारमा रहेको बाबाको आधार सिबिरमा ५ लाख २० हजार रुपैया भेटी रकम संकलन भएको कुतबुल मदारशाह दरगाह कमेटीका कोषाध्यक्ष रियाजुद्दिन अंसारीले बताए ।

यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दुको मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ । मदारबाबाको मजारमा भाकल, दुख तथा मनोकामना लिएर आउने श्रद्धालुहरुको भाकल तथा मनोकामना पुरा हुने र दुखियाको दुख हरण हुने धार्मिक मुल्य मान्यता रहि आएको मठाधिश अमिरुल्लाह अंसारीले बताए ।

मदारबाबाको वास्तीक नाम हजरत हजरत बदिउद्दिन शाह रहमतुल्लाह अलैह् कुतुबुल मदार शाह हो । उनी सिरिया देशको हबल सहरमा जन्मेका थिए । बाबा ईस्लाम धर्मको तबलिगका लागि सिरियाबाट साउदी अरब हुदै भारत र नेपाल आई पुगेका थिए । ५ सय वर्ष, ९६ महिना र ६ दिनसम्म जिवित रहेका मदारबाबा त्यतीबेला सिरियापछि भारतको गुजरात र मकनपुर सहरमा बस्दै सिद्धी प्राप्त गर्न नेपालको मदारिया पहाडमा आईपुगे ।

मदारबाबा महलबारीको उक्त मदारिया पहाडी डाँडामा ४० दिनसम्म तपस्या गरि सिद्धी प्राप्त गरेपछि सो ठाउँले महत्व पाएको हो । मदारबाबा संग आस्था राख्ने मुस्लिम, हिन्दु, बौद्धिष्ट, क्रिश्चियन लगायत विभिन्न समुदायका त्रिर्थालूहरुको यहाँ भिडभाड लाग्ने गरेको छ । मदारबाबाको मुख्य स्थल मजारमा पुग्न निकै कठिनाई हुने गर्छ तर पनि ४ देखि ५ घण्टासम्म पहाड चढेर मुख्य स्थलमा पुगी आफनो दुख तथा मनोकामना बाबालाई सुनाउने गरेका छन् ।