उमेश वि.क/ कार्तिक ३ नवलपरासी ।
नवलपरासीको सरावल गाउँ पालिका वार्ड न.३ सरावलमा शुभकामना अदानप्रदान तथा विबिध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपालीकाे महान चाड शुभ दिपावली एवम् छठ पर्वकाे अवसरमा महेन्द्र मा.वि सरावलकाे प्रांगणमा काेपिला बाल क्लबले अायाेजना गरेकाे हाे ।
क्लबका अध्यक्ष राजु सिंहकाे अध्यक्षता तथा शिक्षक युनियनका निवर्तमान अध्यक्ष एवम नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि माेहन प्रसाद शर्माकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सञ्चालित भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथी शर्माले बालबालिका भनेकाे देशका कर्णधार हुन । बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक, अभिभावक र साथीहरू ठुलाे भुमिका खेल्दछन् साथै कला संस्कृति जगेर्नामा हरेक ब्यक्ति लाग्नुपर्छ भन्नुभयाे ।
उहांले अगाडि यस क्षेत्रकाे विकास निर्माण कार्यमा सदैव अाफु अगाडि रहने बिचार राख्नुहुंदे यस क्षेत्रकाे अार्थिक, समाजिक र शैक्षिक विकासका लागि तत्पर रहने प्रतिबध्दता समेत गर्नुभएको छ ।
कार्यक्रममा सरावल गाउँ पालिका उप प्रमुख उतमा राय, सरावल गा.पा.कार्यसमिति सदस्य चन्दा चाैधरी, ने.का महाधिवेशन प्रतिनिधि सुखाडि प्रसाद चाैधरी, ने.का सरावल गाउ पालिका समन्वय समिति संयाेजक बिनाेद कुमार पान्डेय, अादिबासि जनजाति महासंघ क्षेत्रिय अध्यक्ष इन्द्रबहादुर चाैधरीकाे सहभागिता रहेकाे थियाे ।
त्यस्तै, जिल्ला बाल संजाल सदस्य दुर्गा बि.क, जिल्ला बाल संजाल निवर्तमान काेषाध्यक्ष सन्दिप बि.क, काेपिला बाल क्लब निवर्तमान अध्यक्ष सुनिल बि.क, भाेजपुरि संचार मन्च नवलपरासी अध्यक्ष उमेश बि.क, समाजसेबि मुन्कि चाैधरी लगायतले दिपावली एवम छठ पर्वकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।