सशस्त्र प्रहरीद्वारा साढे दुई लाखको कुखुराको चल्ला नष्ट

38

संजय कुशवाहा/सहबान अन्सारी/रबिन्द्र यादव

नवलपरासी फागुन ३० । सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले भारतबाट नेपाल भित्र्याउदै गरेकाे २ हजार ५ सय गाेटा कुखराकाे चल्ला नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ ।

सुराकीकाे आधारमा सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर बुढाथाेकीकाे नेतृत्वमा खटिएकाे गस्ती टाेलीले साे चल्ला नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र प्रतापपुर गाउपालिकाकाे वडा नं. ५ धरमौली गाउबाट बुधवार नियन्त्रणमा लिन सफल भएकाे हाे ।

सशस्त्र प्रहरी प्रहरीलाई देखेर तस्करहरु २५ कार्टुन कुखुराको चल्ला गहुबालीमा फ्याकेर भागेका थिए । नियन्त्रणमा लिइएकाे साे चल्ला आज स्थानियबासिन्दा, पत्रकार, सुरक्षाकर्मी तथा महेशपुरका पशु क्वारेनटाईन चेक पाेस्टका अधिकृत खडग बहादुर सिंहको राेहबरमा नष्ट गरिएकाे छ ।

अक्कलझुक्कल पक्राउ पर्ने चल्लाकाे घटना कुनै नाैलाे रहेन । जिल्लाकाे पकलिहवा, गुठिप्रसाैनी, बसहिया, भुजहवा, महेशपुर र गेर्मी लगायतका नाकाबाट भारतीय कुखुराकाे चल्ला निरन्तर रूपमा नेपाल भित्रिदै आएकाे स्राेतकाे दाबी छ । तर कहिलेकांही मात्र पक्राउ पर्ने गरेकाेले स्थानीय भन्छन, प्रहरीकाे गतिविधि पनि शंकास्पद छ ।