सरावल ४ द्वारा सम्पुर्ण टाेलमा मास्क र साबुन वितरण

19

उमेश बि.क / नवलपरासी, २५ चैत

नवलपरासीको सरावल गाउँपालिकाका वडा नं. ४ वडा कार्यालयकाे अायाेजनामा सम्पुर्ण टाेलमा मास्क र साबुन बितरण गरिएको छ। सरावल गाउँपालिकाका वडा नं. ४ वडा अध्यक्ष छाेटेलाल यादवको अध्यक्षतामा वडा नं. ४ का स्थानीय जनताहरुलाई घरका सम्पुर्ण परिवारलाई मास्क तथा १ वटा साबुन बितरण गरिएको वडा सदस्य सुर्य नरायण यादवले जानकारी दिनुभएको हाे।

वडा नं. ४ वडा अध्यक्ष छाेटेलाल यादवले लकडाउनमा रहेका स्थानीय जनतालाई स्वास्थमा समस्या नहोस भनेर गाेबरहिया,हात्तिवन,पुर्नहा,मंगलापुर,ललितपुर र बडसारमा बितरण गरेको जानकारी दिनु भयो । एकातिर देशमा लक् डाउनको अवस्था छ अर्को तिर यसको महामारीका कारण हरेक जनतामा त्रासको वातावरण छ l

घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन तर गाउँपालिका वडा नं. ४ का जनप्रतिनिधि स्थानीय जनतालाई प्रत्यक्ष रुपमा भेटि कोरोना भाइरसका लक्ष्यण र यसबाट बच्ने उपायहरु बारे सचेत गराई मास्क र साबुन बितरण गरेका छन् l

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षीत हुनका लागि निशुल्क रुपमा माक्स र साबुन बितरण तथा काेरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनको नियम पालना गर्ने साबुनपानीले हात धुने मास्क लगाउने जस्ता संक्रमणबाट जोगिने उपायका बारेमा जनताहरुलाई जानकारी गराएका हुन ।

मास्क र साबुन बितरणमा वडा नं. ४ वडा अध्यक्ष छाेटेलाल यादव, वडा सदस्य सुर्य नरायण यादव, वडा सदस्य जन्तीरा सहानि, गाेबरहिया प्रहरी चाैकी इन्चार्च सिबि अाेलि, कार्यालय सहयाेगी राजेश यादव लगाएको सहभागीता रहेकोे थियाे।