उमेश बि.क
सरावल, ११ चैत
नवलपरासीको सरावल गाउँपालिका ४ गाेबरहिया काेटहि दुर्गा मन्दिरमा कृषक पाठशाला कार्यक्रम सम्पन्न भएको छ। सरावल गाउँपालिका कृषि तथा पशु सेवा शाखाकाे अायाेजनामा १५ हप्ता देखि सन्चालन भएको उक्त कार्यक्रम अाज सम्पन्न गरिएको हाे।
विषादी रहित आधुनिक तरिकाबाट बाली उत्पादन गर्ने उद्देश्यले सन्चालित कार्यक्रम गाेबरहियाका अगुवा कृषक सुरेश प्रसाद चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष उतमा रायको प्रमुख अातिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रमलाई सम्बाेधन गर्दै उपाध्यक्ष रायले कार्यक्रममा सिकेका कुराहरुलाई ब्यबहारीक रुपमा लागु गर्न आग्रह गर्दै तालिमबाट कृषीको व्यावसायीकरण र महिला शसक्तिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन । साथै उनले कृषीमा परनिर्भरताको अवस्थालाई अन्त्य गर्दै आत्मनिर्भरता तर्फ उन्मुख हुनु पर्नेमा जोड दिएन ।
आफुमा भएको क्षमता र कृषी भुमिको अधिकतम उपयोग गर्दै उत्पादनमा केन्द्रित हुन उनले आम कृषकहरुलाई आग्रह समेत गरेकि छिन् । कार्यक्रममा वडा नं ४ वडा सदस्य बिमलावति हरिजन, ना.प्रा.स बसन्त खवास, कृषक हिरालाल गुप्ता, सिमा बि.क, बेचनि देबि चाैधरी, रामकृष्ण गुप्ता लगायतले अाफ्नाे मन्तब्य राख्नुभएको थियाे।
कृषकलाई खेतमै पुगेर सिकाउने हुँदा पाठशाला प्रभावकारी रहेको अगुवा कृषक सुरेश प्रसाद चाैधरी बताउनुहुन्छ । “पाठशालामा सिकेको सीप र ज्ञान प्रयोग गर्दा उत्पादनमा वृद्धि हुने धारण समेत ब्यक्त गर्नुभएको थियाे।
१५ हप्ते कृषक पाठशाला कार्यक्रममा तरकारी खेति,बीउ उमार्ने तरिका, बीेउ लगाउने, अर्गानिक मल प्रयाेग, गाई, भैंसी, कुखुरा, बाख्रा पालन साथै बिभिन्न राेगकाे बारेमा लगायतकाे बिषयवस्तु सिकाईएकाे थियाे । कार्यक्रममा सरावल गाउँपालिका वडा नं १ देखि ७ सम्मका ३० जना कृषिको सहभागिता रहेको थियो । कार्यक्रमकाे प्रशिक्षण ना.प्रा.स बसन्त खवास, ना.प्रा.स्वा.प्र धर्मेन्द्र यादव, प्रा.स बिजय खड्का, प्रा.स साेनेलाल शाहले गर्नुभएको थियो ।