नवलपरासी, ७ मंसिर ।
नेपाली कांग्रेसका नेता एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले सबै जातजातीको संरक्षण नेपाली कांग्रेसले मात्र गर्नसक्ने बताउनुभएको छ । बर्दघाट सूस्ता पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यका उम्मेदवार समेत रहनुभएका कण्डेलले विहिवार आफ्नो चुनाबी प्रचार प्रसारको क्रममा सरावलको भगेडामा आयोजीत कोण सभालाई सम्बोधन गर्दै बताउनुभएको हो ।
आदीबासी जनजाती, मुस्लीम, मधेशी लगायतका सबै जातजातीको संरक्षण नेपाली कांग्रेसले बाहेक अरु कुनै पनि राजनितिक दलले गर्न नसक्ने ठोकुवा गर्नुभयो । सो अवसरमा कण्डेलले जारी संबिधानलाई संसोधन गरी केही वर्गको अधिकारलाई थप सुरक्षित गर्नुपर्ने भएकाले यस पटक नेपाली कांग्रेसको पक्षमा मतदान गरी संबिधान संसोधन कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
सो क्रममा प्रदेश सभा सदस्यका उम्मेदवार गुणनिधि, निर्वाचन परिचालन समितीका संयोजक एवंम् सुनवल नगरपालिका प्रमुख भरत थापा, नेपाली कांग्रेसका नेता एवंम् सरावल गाउंपालिकाका अध्यक्ष राधेश्याम चौधरी लगायतले बोल्नुभएको थियो ।
नवलपरासीमा नेपाली कांग्रेसको तर्फबाट आसन्न प्रतिनिधी र प्रदेश सभाका उम्मेदवारहरुले आज पनि आ आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न चुनाब प्रचार प्रसार मुखी कार्यक्रम गरेका छन् । उम्मेदवारहरुले आफ्ना समर्थकहरुको साथमा विभिन्न क्षेत्रमा मतदाताहरुसंग मत माग्न घरदैलो गर्ने र आफ्नो निर्वाचन क्षेत्रको विभिन्न स्थानमा प्रचार प्रसार मुखी कार्यक्रम अन्य भेला लगायतका कार्यक्रम जारी राखेका छन् ।
सोही क्रममा बर्दघाट सुस्ता पुर्व नवलपरासी निर्वाचन क्षेत्र २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवंम् कांग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका उम्मेदवार गुणनिधी तिवारी आज संयुक्त रुपमा सरावल १ को बासावसही, तिलकपुर, भगेडा लगायतका स्थानमा घरदैलो गर्नुभएको हो ।
यता बर्दघाट सुस्ता पुर्व नवलपरासी निर्वाचन क्षेत्र २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवंम् कांग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका बैजनाथ जयसवालले आज संयुक्त रुपमा रामग्राम ९ को सन्तपुर ललीतपुर, मझयौली लगायतका स्थानमा घरदैलो गर्नुभएको हो ।