राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) पार्टी उपाध्यक्ष दिपक बोहोराको नेतृत्वमा सरकारमा सभागी हुने भएको छ । पार्टी संसदीय दलको आइतबार बसेको बैठकले बोहोराको नेतृत्वमा अर्का उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री सुनिल थापालाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो ।
सरकारमा बोहोराले विज्ञान तथा प्रविधि, पाण्डेले वन र थापाले उद्योग मन्त्रीको जिम्मेवारी पाउने निश्चित भएको छ । त्यस्तै बैठकले रेशम लामालाई उद्योग राज्यमन्त्रीमा पठाउने निर्णय गरेको राप्रपा प्रजातान्त्रिकले जनाएको छ ।
मन्त्रीहरुको सपथ सोमबार बिहान ११ बजेका लागि तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । राप्रपा(प्रजातान्त्रिक) संसदीय दलको बैठकले दलको नेतामा बोहोरा र उपनेतामा पाण्डेलाई चयन गरेको छ ।
कमल थापाबाट अलग्गिएर सरकारमा जाने उद्देश्यमा पशुपति शम्सेर राणाले सुनिल थापा, दिपक बोहोरा, बिक्रम पाण्डे लगायत राप्रका २० सांसद सहित बाहिरिएका थिए ।
यसअघि ५० सदस्यीय मन्त्री भएको देउवा सरकार अब ४ मन्त्री सपथ खाएपछि ३ उपप्रधानमन्त्री, २४ राज्यमन्त्री र २६ मन्त्री गरेर जम्मा ५४ सदस्यीय भएको छ । यसअघि ५७ जनाको मन्त्रीपरिषद हुने अनुमान गरिएपनि प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रीकलाई ४ भन्दा बढि मन्त्रालय नदिएपछि सँख्या नबढ्ने बताइएको छ ।