माेहर्रम पर्वमा ताजिया हेर्नेकाे भीड

17

संजय कुशवाहा / नवलपरासी

मुस्लिम समुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा नवलपरासीको विभिन्न स्थानमा ताजिया बनाईएको छ ।

यश वर्ष जिल्लाको महेसपुर र भुजहवामा विशाल तजिया बनाईएको छ।
जुन नवलपरासी जिल्ला मै सबै भन्दा विशाल ताजिया सारावल गाउपालि वडा न.७ भुजहवामा निमार्ण गरिएको छ ।

जसको क्षेत्रफल करिब ५० फिट उचाइ र २५ फिट चौडाइ रहेको छ ।मुस्लिम समुदायको तेस्रो महान पर्व मोहर्रमको अवसरमा ताजिया निर्माण गरिएको सबै स्थानमा मेला लागेको छ ।मेला जिल्लाको ग्रामीण भेगका विभिन्न ठाउहरूमा बासको ठुलो -ठुलो ताजिया बनाई भब्य मेला संचालन गरिएको छ ।

यसैगरी भुजहवाको विशाल ताजिया मेला शुक्रबार देखि सोमबार सम्म मेला संचालन रहने छ ।सोमबार सम्म संचालित ताजिया मेलामा थकडी, ठाकतास ,लाठी ,भाला ,भेडा ,जुधाउने ,समेत खेल प्रतियोगिता गरिन्छ ।जस्मा प्रथम हुने टिमलाई एक थान साईकल प्रदान गरिन्छ भने दुतिय हुने टिमलाई टेबल पंखा तृतीय हुनेलाई टिमलाई दिवाल घडी समेत प्रदान गरिने ताजिय मेला ब्यवस्थापन समितिका अध्यक्ष एवम् सो वडाका अध्यक्ष हेयात अली बताउनु भएका छन ।

ग्रामीण भेग भुजहवामा निर्माण ताजिया गाउलेहरूको आर्थिक सहयोगमा निर्माण भएको हो ।
भारतको देवा शरिफको नक्शामा निर्माण भएको जस्तै ताजिया निर्माण भएको ताजिया मिस्त्री मोहम्मद हुसैनले बताए ।

१८ खण्डमा विभाजन भएको ताजिया निर्माणका लागि बाँस ,रिम ,कागज ,काटी ,तार र गम आवश्यक पर्ने गरेको ताजिया डिजाईन गर्ने हेड मिस्त्री बन्धन सहानीले बताएका हुन ।ताजिया मेलामा नेपाल र छिमेकी राष्ट्रय भारतबाट आउने दर्शनार्थीहरूको मेलामा घुईचो लागने गरेको छ ।

हिजरीको पहिलो महिना मोहरर्मुल हरामको १० तारिखका दिन ईस्लामको संरक्षक मानिने धर्मगुरू हजरत इमाम हुसैनको आफ्नो घरपरिवार सहित ७२ जनालाई इस्लाम धर्मलाई बचाउनका लागि इराकको बगदाद स्थित करबलामा सहिद भएकोले उनको यादलाई तारोताजा बनाउन ताजिया बनाई दर्शन गर्ने मुस्लिम समुदायको परम्परा चल्दै आएको छ केही हिन्दु र मुस्लिमले व्रत समेत बस्ने गरेका हुन्छन् ।

देशका विभिन्न तराई क्षेत्रमा ठुलो – ठुलो बासका ताजिय हिन्दु मुस्लिम दुबै समुदाय मिली बनाउने र मेला संचालन गर्ने गर्दछन ।