महिला तथा अपांग महिलालाई सिपमूलक हातेकढाई तालिम

11
संजय कुशवाहा / नवलपरासी जेष्ठ ९
नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ६ केवलपुरमा प्रतापपुर गाउपालिका अन्तरगत महिला तथा अपांग महिलालाई सिपमूलक हातेकढाई तालिम आज देखी सुरु भएको छ ।
जन जागृति अपांग संस्था (सी.वी.आर नेटवर्क ) नवलपरासीको आयोजना तथा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम नवलपरासीको सहयोगमा उक्त तालिम सुरु भएको कार्यक्रममा प्रतापपुर गाउपालिका वडा न.६ का वडा अध्यक्ष रामहरि उपध्यायको अध्यक्षता तथा प्रतापपुर गाउपालिकाको प्रशासनीय अधिकृत घनश्याम गाहाको प्रमुख अथित्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाहाले तालिमबाट सीप सिखेर महिलाहरू आयआर्जन गर्दै आत्मनिर्भर बन्नुको साथै माहिलाहरू घरमा मात्र सिमित नभई तालिमबाट सीप सिखी आर्थिक विकास गर्नु पर्ने बताऊनु भयो।
यस क्षेत्रमा यस्तै बिभिन्न किसीमको तलिमको आवश्यकता देखिएको हुदाँ आफु सक्दो सहयोग गर्ने धारणा ब्यक्त गर्नु भयो। कार्यक्रममा सुचना अधिकृत विजय पाण्डे, बच्चा राय, राधा पजीयार, अमृता गैरे, रजवन्ती गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
तालिममा करिब २२ जनाको सहभागिता रहेको कार्यक्रम ९गते देखी संचालन भएको तालिम २८ सम्म संचालन रहने आयोजकले जनाएको छ।