भुजहवा छाेटी भन्सार सन्चालनमा नअाए अान्दाेलन गर्ने चेतावनी

111

नन्दु यादव, फागुन १९

पश्चिम नवलपरासीकाे सरावल गाउपालिका वडा न ७ मा रहेकाे भुजहवा छाेटी भन्सार कार्यालय विगत एक हप्तादेखि सञ्चालनमा नअाउदा समस्या उत्पन्न भएकाे छ । याे नाकाबाट अाउने भारतीय सवारी साधनलाई सुबिधा गराउन सकिएकाे छैन ।

गत साेमवार महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्मा ले अाएर एक्कासी सुबिधा रसिद खाेसेर लगेपछि यस भुजहवा छाेटी भन्सार कार्यालयबाट हुने गाडी सुबिधाकाे काराेबार ठप्प भएकाे छ ।

स्थानीयबासीहरु भन्सार कार्यालय सन्चालन मा नअाए अाफुहरुले घनघाेर अान्दोलन गर्ने चेतवानी दिएका छन । वडा न ६ का वडा अध्यक्ष हेयात खाले हामीले पटकपटक भन्सार कार्यालय सन्चालन गर्न अाग्रह गरिरहेका छाै । याे हप्ता भित्र सन्चालनमा नअाए अान्दाेलनकाे अाधिबेहरी सृजना गर्ने चेतवानी दिनु भएकाे छ ।