भुक्तानीमा ढिलाई हुंदा उंखु किसानद्वारा धर्ना जारी

37

सहबान अन्सारी

फागुन २९ । नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ गंगापुर स्थित ईन्दिरा सुगर मिल अगाडी धर्ना एवम् रिले अनसन कार्यक्रम आज पनि जारी रहेको छ । आईतवार दिऊसो देखी पिडित किसानहरुले पेश्की एवम भुक्तानी समयमा नपाए पछि मिलको मुख्य गेट अगाडी रिले अनसन शुरु गरेका हुन ।

ऊखु किसानहरुले उक्त पेश्की एवम भुक्तानी नदिएसम्म जारी रहने र अान्दाेलन अझ सशक्त बनाऊने कृषकहरूले बताएका छन । कृषकहरुले पटक -पटक भुक्तानीको माग गरेपनि मिलले आलटाल गर्दै आएको हुदाँ पिडित किसानहरुले आर्थिक समस्या भोग्न परेको छ । उनीहरूले आफु सित आर्थिक स्रोत नभएपछि अाउदाे बाली समेत प्रभावित भएकाे बताएका छन ।

गत बर्ष सरकारले रू. ५३१.२० मुल्य निर्धारण गरेको हुदाँ पनि यो साल मुल्य निर्धारण नभएको हुदाँ ऊखु किसानहरुले सस्तोमा बेच्न बाध्य भएका छन । करिब ८० प्रतिशत ऊखु क्रसिंग भई सक्दा सो मिलले आज सम्म ४ लाख २५ हजार ३ सय ५९.७१ क्विन्टल क्रसिगं गरिसके पनि मिलले अहिले सम्म करिब ७ करोड मात्र भुक्तानी गरेको छ ।

गत बर्षको भुक्तानी करिब २ लाख भुक्तानी बाकी रहेको मिलका महा प्रबन्धक सुरेन्द्र प्रसाद सुक्लाले बताउनु भएकाे छ ।