भारतमा सवारी दुर्घटना, ७ नेपालीकाे ज्यान गयाे

27

दुर्घटनामा ८ काे मृत्यु, ७ जना नेपाली रहेकाे अाशंका, मृतकमा २ बालबालिका, १ महिला र ५ जना पुरुष

वृजराज कुशवाहा, भाद्र २३ नवलपरासी ।

रूपन्देही जिल्लाकाे सुनाैली नजिकै भारतीय छिमेकी जिल्ला महराजगञ्जमा अाज सुक्रवार दिउसाें भएकाे सवारी दुर्घटनामा ७ जना नेपालीकाे ज्यान गएकाे खबर छ । कार र टैंकर एक अापसमा ठाेक्किदा भएकाे साे दुर्घटनामा कुल ८ जनाकाे ज्यान गएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

महराजगञ्ज जिल्लाकाे गाेरखपुर-सुनाैली राष्ट्रिय राजमार्ग स्थित देवपुर चाेक नजिकै करीब साढे २ बजेकाे समयमा साे दुर्घटना भएकाे हाे । दुर्घटनामा चालक सहित कारमा सवार सबै ८ जनाकाे ज्यान गएकाे भारतीय प्रहरीले जनाएकाे छ । कारमा सवार अन्य ७ जना नेपाली भएको भारतीय प्रहरीको दावी छ । चालकको परिचय अब्दुल हफीज घर जुगौलीको रूपमा खुलेको बताइएको छ । र अन्यको परिचय खुलाउने काम भैरहेको छ तर पहिचान भै नसकेको प्रहरीको भनाइ छ । दुर्घटना ठुलो भएकाले मृतकहरूको शव क्षतविक्षत रूपमा घटनास्थलमा छरिएको अवस्थामा पाइएको छ ।

यूपी ५३ सीटी ७२०२ नं काे जाइलो कार गोरखपुरबाट यात्रु लिएर सुनौली तर्फ अाउदै गरेकाे थियाे भने यूपी ५२ टी ४३७७ नं. काे टैंकर सोनौलीबाट गोरखपुरतर्फ जादै गरेकाे थियाे । देवपुर नजिकै एक अापसमा ठाेक्किन जादा साे दुर्घटना भएकाे हाे । कार चालक अब्दुल हफीज, दुइटा बालबालिका, एक महिला र पांच पुरुषकाे घटनास्थलमै ज्यान गएकाे बताइएकाे छ । कार गोरखपुरकाे वसीम खानकाे रहेकाे प्राथमिक अनुसन्धानमा खुलेकाे छ ।

प्रहरीले टैंकर चालक नशालु पदार्थ सेवन गरेकाे अाशंका गरेकाे छ तर घटना पश्चात टैंकर चालक फरार रहेकाे छ ।