भदौ १ देखि विद्यालय सञ्चालन गर्ने सरकारको निर्णय

62
Finance Minister Dr. Yubaraj Khatiwada addressing during Parliament at ICC on 3rd april 2018.Photo/Elite Joshi/Kantipur

काठमाडौं /१५ साउन – अब विद्यालयहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग नगर्न सरकारले निर्देशन दिएसंगै भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय प्रस्तुत गर्दै प्रवक्ता युवराज खतिवडाले विद्यालय परिसरमा क्वारेन्टिन सञ्चालन गर्न नपाइने जानकारी दिएका हुन् । उनले क्वारेन्टिन खाली भएका विद्यालयहरूलाई समेत निर्मलीकरण गरेर अध्यापन गर्न योग्य बनाउने बताए ।

साथै खतिवडाले भने–‘नतिजा प्रकाशन गर्न बाँकी रहेको भए प्रकाशन गर्ने, २०७७ भदौं १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने , कक्षागत रुपमा विद्यार्थीको संख्या एकिन गर्ने, भर्ना भएका विद्यार्थीको तथ्याङ्क भराउने, नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी रहेको भए उपलब्ध गराउने, शैक्षिक कार्यक्रम सञ्चालनार्थ अभिलम्व शिक्षकहरुलाई विद्यालय पु¥याउने व्यवस्था मिलाउने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन कार्यढाँचा जारी गर्ने जानकारी दिएका छन् । यो निर्णयसँगै भदौ १ देखि विद्यालय सञ्चालन हुने भएको छ ।

भारत लगायत तेस्रो मुलुकबाट आउनेहरूलाई राख्नका लागि छुट्टै क्वारेन्टिन अभाव भएपछि सामुदायिक विद्यालयहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएको थियो । तर, पछिल्लो समय धेरै मानिस क्वारेन्टिन बसाइ सकेर घर फर्किएपछि खाली हुँदै गरेका विद्यालयहरूलाई अध्यापन योग्य बनाउन सरकारले यस्तो निर्देशन दिएको हो ।