बाल अधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धि २ दिने तालिम गडाैरीमा

17

बैशाख १९, उमेश वि.क, सरावल ।

नवलपरासीको सरावल गाउँपालिका ६ महेन्द्र जन्ता मा.बि गडाैरीमा बाल अधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धि २ दिने तालिम सम्पन्न गरिएको छ । वडा नं. ६ स्तरीय सक्रिय बाल संजालकाे आयोजना र वडा नं.६ को सहयोगमा उक्त बाल अधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धि २ दिने तालिम सम्पन्न गरिएको हो ।

वडा स्तरीय बाल संजालका अध्यक्ष महेश यादवकाे अध्यक्षतामा तथा वडा नं.६ काे वडा सदस्य बिन्दा देबि धाेबिको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा नं.६ काे वडा सदस्य बिन्दा देबि धाेबिले बालबालिका साझा भविष्य हुन र उनीहरूको स्वतन्त्रता, अधिकार, संरक्षण, विकास र जीवनस्तर सुधारको लागि सामूहिक प्रतिवद्धता र साझा प्रयास आवश्यक छ भन्नुभयाे ।

तालिममा वडा स्तरीय बाल संजालकी उपाध्यक्ष अल्का चाैधरी,सगरमाथा बाल क्लब अध्यक्ष बिक्रम कुर्मि, सरावल बाल सन्जाल सदस्य रमेश कुमार बरई, सरावल बाल सन्जाल अध्यक्ष सन्दिप बि.क,जनसेवा युवा क्लबका सदस्य गिरजेश कुमार शर्मा लगाएतले कार्यक्रमकाे मन्तब्य दिनुभएको थियो। तालिमको सहजिकरण सरावल बाल सन्जाल सहजकर्ता उमेश बि.क र बालअधिकारका लागि राष्ट्रिय अभियान प्रदेश नं. ५ संयाेजक रन्जित शर्मा तथा बालअधिकारका लागि राष्ट्रिय अभियान जिल्ला कार्यसमिति संयाेजक ज्ञानेश्वर कुमार शर्माले गर्नुभएको थियाे। तालिममा सरावल गाउँपालिकाका वडा नं.६ का ६६ जना बालबालिकाहरुकाे सहभागीता रहेकाे थियो ।