सहबान अन्सारी /सदिक्षा गैरे कावासोती, २९ पौष ।
नवलपुरको कावासोतीमा आइतवार बिहान भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वडा नं ९ पुरानो कावासोतीमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४ ख ७९२८ नम्बरको बसले साईडबाट आऊदै गरेको ना ४९ प २२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको ज्यान गएको हो ।
मृत्यु हुनेमा चालक रौतहट घर भइ हाल कावासोतीमा मिस्त्री काम गरी बस्दै आएका धर्मेन्द्र यादव रहेका छन । उनलाई बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेका अनुसार उनको कालीगण्डकी अस्पतालमा उपचारकाे क्रममा ज्यान गएको हो ।
बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।