प्रहरीले नियन्त्रणमा लिएकाे माछा खाडलमा

22
नियन्त्रणमा लिएकाे माछा साहसका साथ खाडलमा पुर्दै सशस्त्र प्रहरी
संजय कुशवाहा, नवलपरासी पश्चिम २७ साउन ।
जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र गूठी परसाैनीबाट सशस्त्र प्रहरीले माछा नियन्त्रणमा लिइ मंगलबार नष्ट गरेकाे छ ।
माछा ल्याउनेले प्रहरीलाई देखेपछि फालेर भागेकाे प्रहरी निरिक्षक संतोष खरेलले बताए । 
नियन्त्रणमा लिएकाे ७० किलो माछाकाे मूल्य २४ हजार ५ सय बताइएकाे छ । सुस्ता गाउँपालिका वडा न.५ धोबहा खोला नजिकै बरामद साे माछा भारतबाट ल्याउदै गरिएकाे प्रहरीकाे अनुमान छ । 
माछा दिउँसो स्थानीय र पत्रकारहरूको राेहबरमा खाडल खनेर जमिनमा गाडिएकाे छ ।