-7.3 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

प्रदेश नम्बर २ मा मतदान शुरूः ६ हजार ६ सय २७ पदका लागि ३७ हजार उम्मेदवारकाे भाग्यकाे फैसला हुंदै

spot_img
spot_img
न्युज डेस्क, असाेज २ गते ।
अाज प्रदेश नम्बर २ का आठ जिल्लामा स्थानीय तहको तेस्रो चरण अन्तर्गत १३६ स्थानीय तहका एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्वाचन हुँदै छ ।

यसका लागि ६ हजार ६ सय २७ पदका लागि ३७ हजार दुई सय ३६ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । जसमध्ये १४ हजार तीन सय ३७ महिला र २२ हजार आठ ६१ पुरुष छन् ।

निर्वाचन आयोगका अनुसार नगरप्रमुख तथा अध्यक्षमा पुरुष १७ सय नौ र महिला ६१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नगर उपप्रमुख र उपाध्यक्षमा भने महिलाको उम्मेदवारी बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा एक सय ९७ पुरुष र नौ सय १९ महिला उम्मेदवार छन् ।

आयोगको तथ्यांकअनुसार वडाध्यक्षमा पुरुष आठ हजार ५२ र महिला दुई सय २३ जना उम्मेदवार छन् । हालसम्म आठजना निर्विरोध भइसकेका छन् । २१ सय ६६ मतदानस्थलमा ३५ सय ७८ मतदान केन्द्र रहनेछन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय कर्मचारी परिचालन गरिएको छ ।

निर्वाचन आयोगले बाढी र डुबानबाट उत्पन्न पीडालाई बिर्सेर एक दिन राष्ट्रका लागि उपयोग गर्न आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन तयारी र सुरक्षा प्रबन्ध व्यवस्थित रहेकाले निर्भीक रूपमा मतदान गर्न मतदातालाई अनुरोध गरे ।

विदेशीलाई एकदिने अवलोकन
निर्वाचन आयोगले विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई एकदिने अवलोकन गर्न सक्ने व्यवस्था गरेको छ । उनीहरूले निर्वाचनको पर्यवेक्षण गर्न पाउँदैनन् ।

आयोगका अनुसार विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले प्रदेश नम्बर २ का जनकपुर, बर्दिबास, वीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्न सक्नेछन् । आयोगले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा संस्थाका दुई हजार एक सय पर्यवेक्षकलाई अनुमति दिएको छ ।

परिचयपत्र नभए नागरिकता
निर्वाचन आयोगले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेको अवस्थामा नागरिकता, जग्गाधनी प्रमाणपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, २०७० को निर्वाचनमा आयोगले दिएको मतदाता परिचयपत्र वा सरकारी निकायबाट फोटोसहित जारी अन्य परिचयपत्रमार्फत मतदान गर्न सकिने व्यवस्था गरेको छ ।

तर, त्यसका लागि मतदाता नामावलीमा नाम भने हुनुपर्नेछ । आयोगले मतदाता नामावलीमा सानो गल्ती भएमा मतदाताको नागरिकताको विवरणलाई मुख्य आधार बनाएर मतदान गर्न सक्ने व्यवस्था गरेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme