संजय कुशवाहा /नवलपरासी बैशाख १६
नवलपरासी जिल्लाकाे दक्षिणी क्षेत्रमा पेट्रोल पम्पमा पेट्रोल नहुदा स्थानिय जनता सास्ती खेप्नुपरेको छ ।पेट्रोल पम्पमा पेट्रोल नहुदा स्थानिय जनता ठगियका छन । ग्रामीण क्षेत्रमा भएको पेट्रोल पम्पमा करिब एक हप्ता देखि पेट्रोल अभाव भएको हाे ।
नेपालमा रु १०६ रहेकाे प्रतिलिटर पट्राेलकाे मुल्य रहदा ग्रामिण क्षेत्रका व्यापारी बाेतलमा राखि प्रतिलिटर रु १६० मुल्य लिने गरेका छन्् ।
यसरी प्रतिलिटरमा रु ५४ पैसा ठगिरहेका छन।त्यस्तै गरि प्रतिबाेतलमा राखि बेचिरहेका पेट्रोल प्रतिबाेतलमा लगभग ८ सय मिलिलिटर देखि ९ सय मिलिलिटर मात्र पेट्रोल रहेकाे हरपुरका अमिर अन्सारीले बताउनु भयाे ।
एकातिर मूल्य बढाई अर्काे तिर पेट्रोलकाे मात्रा घटाई जनता ठगिदैै गरेकाे अवस्थामा सरकारकाे अनुगमन गर्ने निकाय माैन बसेकाे छ ।
ग्रामिण क्षेत्रमा रहेकाे सुर्यपुरा, बैदौली, गुठी परसौनी, नरसहि, पकलिहवा, प्रतापपुर, कुडिया सुस्ता लगायतका स्थानीय मारमा परेका छन् ।
ग्रामिण क्षेत्रमा खुलेयाम कालाे बजारि बढेकाे छ ।यसकारण सरकारले पेट्रोल पप्पमा पेट्रोल उपलब्ध गराई समय समयमा बजार अनुगमन गर्नु पर्ने स्थानिय बलिराम यादवले बताए।
यी ग्रामीण क्षेत्रका जनताले सरकार संग याे क्षेत्रमा भएको पेट्रोल पम्पमा पेट्रोल उपलब्ध गरिनु पर्ने माग गरेका छन ।