नेपाल विद्यार्थी संघ र १२औं महाधिवेशन”

127

किशोर गैरे पुर्व सभापती, ने.बि संघ, दिब्यज्योती क्याम्पस नवलपरासी

नेपाल बिद्यार्थी संघ भन्ने बित्तिकै हामी धेरैलाई नेपाली काङ्ग्रेसको भातृसंस्था भन्ने ख्याल आउँछ । ने.बि संघको परिचय त्यति मात्रैले पुग्दैन ।

नेबिसंघ क्रान्तीको त्यो बिगुल हो, जुन निरंकुश पञ्चायती ब्यबस्था विरुद्ध २०२७ साल बैशाख ६ गते बजाइएको थियो । नेपाल विद्यार्थी संघ एउटा यस्तो आन्दोलनको अधिबेरी हो, जस्ले ठुलाठुला निरंकुशताका हिमायतीहरुको पतनसंगै प्रजातन्त्रको सुनौलो बिहानीको उदय गराउने कार्यमा अहम भुमिका निर्वाह गरेको छ ।

त्यसैले त ने.बि. संघको रक्तरन्जित झन्डामा कलम सहित मशाल पनि प्रयोग गरिएको छ । २०२७ साल देखि २०७५ सालसम्म आइपुग्दा नेबिसंघले नेपालको हरेक परिवर्तनमा सहकार्य गर्दै बिद्यार्थी बर्गको नेतृत्व गरि समाजलाइ जागृत गर्ने कार्य गरेको छ ।

नेबिसंघले पन्चायती ब्यबस्थाको विभिन्न आन्दोलन र जागृति कार्यक्रम गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गरि नेपालको इतिहासमै पहिलो पटक स्वबियु निर्वाचनको मध्यमबाट लोकतन्त्रलाई अभ्यास गराइपछि २०४६ पन्चायती ब्यबस्थाको विरुद्ध भएको जनआन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेको कुरा त इतिहासका पानाहरुमा दर्ज छन । २०६२/६३ भन्दा अगाडिनै राजतन्त्रको औचित्य समाप्त भयो भन्दै गणतन्त्रको नारा काठमाडौको हरेक चोक चौराहमा घन्काउने संगठनको गर्जन ले दरबार हलिएको थियो।

अब फेरि एउटा नया इतिहास लेख्ने बेला आएको छ । २०२७ देखि २०७५ सम्मआइपुग्दा नेबिसंघ ले धेरै सभापतिहरुको नेतृत्वमा आफ्ना कार्यक्रम अगाडि बढाउदै आएको छ । ब्यक्ती गौण हो । हिजो बिपिन कोइराला देखि आज नयन सिंह महरसम्म आइपुग्दा लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भुमिका गर्दै आम विद्यार्थीको मनमा आशा भरोशा र बिश्वास बनी बस्न सफल रक्तरन्जित कलम र मसाल अन्कित झन्डाले विभिन्न कालखण्डमा तयार गरेको एजेण्डा, नीति र कार्यक्रमले गर्दा नै हो ।

यो १२ औ महादिबेसनले पनि धेरै नीति र कार्यक्रम तथा अजेण्डाहरु तयार गर्नेछ । ब्यक्ति गौण होत र बिचार र संगठन महत्त्वपूर्ण हुन्छन । हिजो कोहि थिए, आज कोहि छन, भोलि कोहि हुने छन तर नेपाल विद्यार्थी संघ आम बिद्यार्थीको माझमा सधै लोकप्रिय र भरोसाको केन्द्र बनेको छ ।

महादिबेसनले त संगठनको कार्यदिशा निर्धारण गर्दछ । अबको यो१२ औ महादिबेसनमा युबा बिद्यार्थीको बिदेश पलायनलाइ कसरी रोक्न सकिन्छ भन्ने बिषयमा छलफल गरि नेपालको मेरुदण्ड, राष्ट्रको शक्ति जसको साथ बिना नेपालको समृद्धिको सपना सम्भब छैन भन्ने कुरालाइ मनन गर्दै यसको हरेक पक्षको बिषयमा छलफल गरि बैदेशिक पलायन रोक्न अहम भुमिका खेल्नुपर्छ । दैनिक १५००-२००० युबा बिमानस्थलमा हरियो पासपोर्ट हातमा लगि आफ्नो राष्ट्रछोडी, आफ्नो परिवार छोडी बिदेशिन बाध्य छ । नेता गणहरु हामी छातिमा हात राखी सोचौ त..! हामी कस्को घरको मान्छे बिदेशिएको छैन ??

एउटा युबा बिदेशिनु भनेको उस्को उर्जा, उस्को सृजना, एउटा नया पिढीको नेतृत्व, बिकाशको आयाम पलायन भै राष्ट्रको भबिस्यको एक खुड्किलो अन्धकारमय हुनु हो । किन यसो भैरहेको छ ? बेलैमा सोच्ने बेला आएको छ । जुन देशमा दैनिक १५-२००० युबाको पसिना अन्तरास्ट्रिय बजारमा लिलामी हुन्छ, त्यो देशमा युबा बिद्यार्थीको नेतृत्व गर्ने हामीलाइ लज्जाबोध हुनुपर्छ,।

यो यथार्थ हो । आज स्कुल पढ्ने सानो बच्चालाइ पनि ठूलो भएसी के बन्ने भन्यो भने निमत अमेरिका जाने भन्छ। १२ औ महादिबेशनले बैदेसिक पलायनको बिषयमा आफ्नो स्पष्ट धारणा बनाइ युबा बिद्यार्थी पलायनलाइ रोक्न र पलायन भएका लागि स्वदेश फर्किने वताबरण बनाउन तर्फ पहल गरि नेपालको समृद्धि र निकाश, युबा बिद्यार्थी बिना हुदैन बिकाश भन्ने नाराको साथ नेपालमा रोजगारी सहितको शिक्षा निति निर्माण गरि युबा विद्यार्थीको मनमा राष्ट्रप्रेम राष्ट्र मै रोजगार हुने बताबरण बिकाश गर्नको लागि संघर्षको मार्गचित्र बनाउन सफल हुँदै फेरि एउटा नया इतिहास रच्न सफल होस् ।

१२ औ महाधिवेशनको शुभकामना नेपाल बिद्यार्थी संघलाइ ।