नेपाल रेडक्रस साेसाइटी बालपुरी शाखाकाे भवन शिलान्यास
उमेश बि.क / नवलपरासी, २० फाल्गुन
नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ भिमटाडिमा नेपाल रेडक्रस साेसाइटी बालपुरी शाखाकाे भवन शिलान्यास भएको छ।
नेपाल रेडक्रस साेसाइटी बालपुरी शाखाकाे अध्यक्ष प्रदिप कुमार अग्रहरीकाे अध्यक्षतामा तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा भवन शिलान्यास भएको हाे।
गाउँपालिका अध्यक्ष चाैधरीले
रेडक्रस सोसाइटीको भवन शिलान्यास गर्दै रेडक्रस मानव कल्याणकाे लागि रहेकाे समाजिक संस्था भएको हुनाले अबको दिनदेखि अाफ्नै भवनबाट कार्य सन्चालन तथा सम्पादक गर्न सजिलो हुने भन्दै दुखका सबै समयमा रेडक्रस सबैको साथीकाे अनुभुति हाेस र रेडक्रस कर्मीहरूले सशक्त भएर आत्मविश्वासका साथ काम गर्नु पर्ने निर्देश दिनुभएको हाे। अध्यक्ष चाैधरीले रेडक्रसकर्मीहरुले सात सिद्धान्तहरुलाई अंगिकार गर्दै आग्रह पूर्वाग्रह भन्दा माथि उठेर मानवीय सेवामा लाग्नुपर्ने विचार व्यक्त गर्दै रेडक्रसकाे कार्य सम्पादनमा चाहिने सहयोग र साथ हमेशा दिने प्रतिबद्वता ब्यक्त गर्नुभएको हाे।
सरावल गाउँपालपकाकाे सहयोगमा २ कोठा र तालिम हल सहितको भवन निमार्ण हुने बालपुरी शाखाका सभापति प्रदिप अग्रहरीले जानकारी दिनुभएकाे छ । सो भवन दस लाखकाे लगानीमा निर्माण हुने छ ।
शिलान्यास कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष अणेन्द्र राय,नेपाल रेडक्रस साेसाइटी बालपुरी शाखाकाे उपाध्यक्ष बिष्णु भट्टराई, सचिव सन्जय कुश्वाहा, काेषाध्यक्ष दिपक भुषाल, दामाेदर देवकोटा, महेन्द्र मा.बि. सरावलकाे प्र.अ धनिराम बि.क, विपद ब्यवस्थापन समिति प्रदेश नं. ५ सचिव उमेश बि.क, समाजसेवी चिरञ्जीवी अर्याल, फिरंगी चाैधरी लगाएको सहभागीता रहेको थियाे।