नेपाल–भारत सीमा नाका बन्द

65

बाँके, मंसिर ९ –यही मंसिर १० गते हुने भारतको नानपारास्थित नगरपालिका परिषदको चुनावलाई दृष्टिगत गरी बाँके जिल्लाको नेपाल–भारत सीमा नाका बन्द गरिएको छ ।

परिषदको चुनावमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्ने र त्यसका लागि सीमा नाका बन्द गर्न दुई देशका जिल्लास्थित सुरक्षा पदाधिकारीको छलफलपछि नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो ।

‘यो नाका सुक्रवार साँझदेखि ४८ घण्टासम्म बन्द गर्ने सहमति भएको छ’, प्रजिअ केसीले भन्नुभयो, ‘नाका बन्द भएपछि सवारीसाधन र पैदल यात्रुलाई समेत आवागमनमा पूर्ण रोक लगाइएको छ ।’ रासस