नातिनीकाे विवाहका दिन बाजेकाे मृत्यु, घरपरिवार सकसमा..

7

संजय कुशवाहा/ नवलपरासी

फागुन २४ । नवलपरासीकाे एक परिवारमा नातिनीकाे विवाह र बाजेकाे निधन एकै दिन हुन पुगेकाे छ ।

घटना प्रतापपुर गाउंपालिका वडा न. ५ श्रीरामपुर गाउंकाे हाे । वर्ष २० की रूखसाना खातुनको विवाहकै दिन तिनका बाजेकाे देहावसान भयाे ।

बाबु गैसुदिन अन्सारीका अनुसार छोरी खातुनकाे विवाह पाल्हिनन्दन गाउपालिका वडा न.३ कुश्माबाट बाजागाजाका साथ बिहीबार जन्ती आइ सम्पन्न भएको थियो ।

छाेरीकाे विवाह गरि विदाइ दिएकाे संगै ७५ वर्षीय बाबु अजमुल्लाह अन्सारीकाे निधन भएकाे खातुनका बाबु गैसुदिन अन्सारीले बताए ।

नातिनीकाे विवाह र विदाइसंगै अलविदा भएका बाजे अजमुल्लाह अन्सारीकाे परिवार शाेकमा पर्याे । अन्सारीकाे वृद्धावस्थामा नियमित उपचार चलिरहेकाे थियाे ।

नातिनी खातुनको करिब ३ बजे विदाइ पश्चात ४ बजे बाजे अन्सारीको दाहसंस्कार गरिएकाे परिवारिक स्रोतले जनाएको हो।