उमेश बि.क, नवलपरासी/कार्तिक ११ ।
नवलपरासीको सरावल गाउँ पालिका वार्ड न.४ पुर्नाहामा अन्तर बाल क्लब हाजिरी जवाफ प्रतियाेगिता एवम् नृत्य कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष सञ्जय कुमार जैसवालकाे अध्यक्षतामा तथा सरावल गाउँ पालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सञ्चालन भएकाे हाे । कार्यक्रममा बाेल्दै गाउँपालिका प्रमुख चाैधरी बालबालिका भनेकाे देशका कर्णधार हुन् बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक, अभिभावक र साथीहरू ठुलाे भुमिका खेल्दछन । साथै यस्ता अान्तरिक कृयाकलाप समय समयमा गर्न एकदमै जरुरी रहेकाे छ र यस क्षेत्रकाे विकास निर्माण कार्यमा सदैव अाफु अगाडि रहने बिचार राख्नुभएको छ ।
क्लब हाजिरी जवाफ प्रतियाेगितामा प्रथम स्थान सिद्धार्थ बाल क्लब गाेबरहिया, दाेस्रो स्थान शान्ति बाल क्लब बडसार र तेस्रो स्थान भगवती सेकेन्डरी बाेर्डिङ्ग स्कुल पटखाैलि भएको हाे । बिजेता प्रथम, द्वितिय र तृतीय हुनेलाई कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । अन्तर बाल क्लब हाजिरी जवाफ प्रतियाेगितामा ९ अाेटा बाल क्लबकाे सहभागिता रहेेकाे थियाे ।
त्यस्तै गरी नृत्य प्रतियाेगितातर्फ प्रथम स्थानमा सिद्धार्थ बाल क्लब गाेबरहिया, दाेस्रो स्थानमा राेसन ज्याेति बाल क्लब गाेबरहिया र तेस्रो स्थानमा काेपिला बाल क्लब सरावल भएको हाे । बिजेता प्रथम हुनेलाई नगद रु १ हजार, द्वितिय हुनेलाई ६ सय र तृतीय हुनेलाई ४ सय नगद प्रदान गरिएको छ । यसमा ८ अाेटा बाल क्लबका बालबालिकाहरुकाे सहभागिता रहेेकाे थियाे ।
कार्यक्रममा सरावल गाउँ पालिका वार्ड न.४ वडा अध्यक्ष छाेटेलाल यादव, समाजसेवी एवम् सिद्धार्थ सेकेन्डरी बाेर्डिङ्ग स्कुल प्रिन्सिपल सुखाडि प्रसाद चाैधरी, ने.का सरावल गाउ पालिका समन्वय समिति संयाेजक बिनाेद कुमार पान्डेय, भाेजपुरी संचार मन्च नवलपरासी अध्यक्ष उमेश बि.क, संघिय समाजवादी फाेरम नवलपरासी जिल्ला सदस्य हरिलाल यादव, पत्रकार माेहम्मद ईजहार सेख, सिद्धार्थ सेकेन्डरी बाेर्डिङ्ग स्कुल शिक्षक जाहिद खाँ, सरावल गाउँ पालिका वार्ड न.४ वडा सदस्य सुर्य नरायण यादव, समाजसेबि सुधिर ज्ञवाली, भगवती सेकेन्डरी बाेर्डिङ्ग स्कुल शिक्षक माधव थापा, समाजसेवी गाेपाल सहानि, जिल्ला बाल सन्जाल निवर्तमान काेषाध्यक्ष सन्दिप बि.क लगायतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।