नवलपरासीमा सवारी दुर्घटना, २ जना घाइते 

7

श्याम थापा/संजय कुशवाहा, १ पुष ।
नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. ५ स्थित भारतीय गण्डक पश्चिमी नहरमा ट्याक्टर पल्टिँदा दुई जना गम्भीर घाइते भएका छ्न ।

झुलनीपुर देखी धरमौली तर्फ जादै गरेको लु १ त ७१८३ नम्बरको ट्याक्टर अनियंत्रित भै नहरमा पल्टिएको हो । ट्याक्टर पल्टेर चालक सहित दुई जना गम्भीर घाइते भएका हुन । घाइते हुनेमा प्रतापपुर गाउँपालिका वार्ड न ५ धरमौलि मटरा बस्ने बर्ष ५० को ट्याक्टर चालक हरिचन्द्र यादव र प्रतापपुर गाउँपालिका वार्ड न ५ धरमौली मटरा बस्ने अन्दाजी बर्ष ५० को केशरी भेडिहार रहेका छन ।

घाइते दुबैलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा पठाइएको सशस्त्र प्रहरी बाेर्डर अाउट पोष्ट गुठी परसौनीले जनाएको छ ।