2.5 C
New York
Thursday, November 30, 2023

Buy now

spot_img
Newspaper WordPress Theme

नवलपरासीमा सवारी दुर्घटना, २ को मृत्यु

spot_img

२२ भदौ, नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामीरे जंगल स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको सामान बोक्ने पिकअप भ्यानले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५७०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटरमा सवार नवलपरासी सुनवल–७ बस्ने वर्ष ३५ का देवबहादुर नेपाली र सीता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा परी घाइते भएकी स्कुटरमा सवार सीता नेपालीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा भलुही मेडिकल कलेज, रुपन्देहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ ।

 

- Advertisement -
spot_img

संबन्धित

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme