नवलपरासीमा फेला पर्दै साना हतियार

3
बिज्ञापन

अनिल यादव, नवलपरासी, साउन १३ ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमा प्रहरीले एक घरमा खानतलासी गर्दा सकेट बम फेला परेको छ ।

Advertisement

बर्दघाट नगरपालिकाको वर्डा नं १० ध्रुव टोलको अम्बीका पंगेनिको घरमा खानतलासी गर्दा सो सकेट बम फेला परेको नवलपरासीका डिएसपी मोहन बहादुर खाणले बताउनु भएको छ ।

गत हप्ता बर्दघाट नगरपालिकाको टिसियन चोकमा प्रहरीले चेक जाँच गर्दा किशोर आर्चायको साथ बाट पेस्तो र खुड बरमद गरेको थियो ।

प्रहरीले बरामद गरेको पेस्तोल र खुड सहित किसोरलाई नियन्त्रणमा लिएको थियो । किशोर संग बरामद हाथियारका कारण उनलाई हाथ हथियार खरखजानाको मुद्धा चलाई थप अनुसन्धान अगाडि बढाएको थियो ।

सोही क्रममा आज साँझ ५ः३० को समय किशोर बस्दै आएको उनकी दिदि अम्बीका पंगेनिको घरमा खानतलासी गरेको थियो । सोही घरको किशोर आर्चाय बस्दै आएको कोठा बाट प्रहरीले त्यो सकेट बम फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी मोहन बहादुर खाणले बताउनु भएको छ ।

यसरी फेला परेको सकेट बमले गर्दा थप अझै अनुसान्ध गरीने डिएसपी खाणको भनाई छ ।

Advertisement