श्याम थापा
नवलपरासी ५ कार्तिक
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित नारायणी नदि पारी बसाेबास रहेकाे सुस्ताका बासीन्दाहरुमा छालाजन्य रोगकाे प्रकाेप देखिएकाे छ । छालाका विभिन्न राेगबाट स्थानीयबासी ग्रसित बनेका छ्न ।
सुस्तामा २ सय ६५ घरधुरी मध्ये करिब २ सय घरधुरीका परिवारहरुमा छालाको रोग देखा परेको इकाई केन्द्रका अहेब चौधरीले बताएका छन् ।
स्वच्छ खानेपानीकाे अभाव, सरसफाइ सम्बन्धि जनचेतनाको कमीका कारण सुस्तावासीमा छाला सम्बन्धि विभिन्न किसिमको रोग देखा परेको सुस्ता सामुदायिक स्वास्थ्य इकाई केन्द्र सुस्ताका अहेब अशोक कुमार चौधरीले बताए ।
सुस्तामा भूमिगत खानेपानी दुषित भएकाे कारणले गर्दा सुस्ताबासीहरुलाई छाला रोग लाग्ने गरेको सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जैसवालले बताउनु भयो । सुस्ताका सबै २ सय ६५ घरधुरीले चापाकालकाे दुषित पानी पिउने गरेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाले बताउनु भयो ।
कार्तिक १० गते नेपाल तरुण दलको स्थापना दिवसको उपलक्ष्यमा सुस्तामा स्वास्थ्य शिविर संचालन गर्ने उद्वेश्यले सुस्तामा गएको नेपाल तरुण दल पश्चिम नवलपरासीका सभापति एवंम बर्दघाट नगरपालिका वार्ड न १६ का अध्यक्ष शुक बहादुर गुरुङ्ग, सुस्ता गाउँपालिका वार्ड न १ अध्यक्ष अशोक चौधरी, सुस्ता गाउँपालिका वार्ड न ५ का अध्यक्ष प्रभुनाथ यादव र नेपाल मुस्लिम संघ पश्चिम नवलपरासीका सभापति करिम खान लगायतका ब्यक्तिहरुको टोलीले सुस्ताबासीहरुसंग छलफल गर्दा सुस्ताबासीहरुले आफुहरुलाई बिशेष गरि छाला सम्बन्धि रोगले सताएको बताएका थिए ।