हिन्दुमुस्लिम धर्मावलम्बीहरूको संयुक्त एतिहासिक आस्थाकाे केन्द्रः मदारबाबा

12
सहबान अन्सारी, १२ फाल्गुन
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) सुस्ता गाऊपालिका वडा नं. २ महलबारीमा अवस्थित मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला मानिन्छ । यो ऋषि हजरत वदि्उदिन शाह रहमतुल्ला अल्हैय कुतुबुलकाे ६०२अौं जन्मदिनकाे अवसरमा मनाइने उत्सव अर्थात मेला हो । यसमा मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संयुक्त सहभागिता रहने गर्दछ । याे पनि पढ्नुस्
बाबाको मजार सम्म पुगेपछी घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास समेत गरिएको छ । मेलामा नेपाल लगायत भारतको विभिन्न ठाउहरूबाट करिब १२ लाख भन्दा बढी भक्तजनहरू आउने कुतबुल मदार शाह दरगाह कमेटीले जनाएको छ । यो मेला फाल्गुन १२ गते देखी २० गते सम्म संचालन रहने जनाईएको छ ।
महलवारी बाजार देखी बाबाको मुख्य मजारसम्म पुग्नको लागी करिब ९ किलोमिटर डाडाँ पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरी बाबाको मुख्य स्थल सम्म पुग्ने गर्दछन । नवलपरासीमा आस्थाको मेला मदार बाबा मेला आज बाट शुरु भएको छ ।