0.9 C
New York
Thursday, November 30, 2023

Buy now

spot_img
Newspaper WordPress Theme

त्रीबेणीमा लाग्ने माघे औसि मेलाको तयारी बैठक सम्पन्न

spot_img

श्याम थापा
त्रिबेणि २३ पुष
पुर्वी नवलपरासीको ऎतिहासिक धार्मिक तथा पर्यटकीय स्थल त्रिबेणिमा यस बर्ष पनि माघे औसिको दिनमा मेला लाग्ने भएको छ । बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ६ र ७ को सभाहलमा बर्दघाट सुस्ता पुर्व नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपक नेपालको अध्यक्षयतामा बसेको त्रिबेणि धाम माघे औसि मेला व्यवस्थापनको तयारी बैठकले यस बर्ष माघ २१ गते सोमबारको दिन माघे औसि मेला लगाउने तयारी गरिरहेको छ । बैठकले मेला संचालन गर्नका लागि बिनयी त्रिबेणि गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जि सि को संयोजक्तामा २६ सदस्यीय त्रिबेणि धाम माघे औसि मेला व्यवस्थापन मुल समितिको गठन पनि गरेको छ । बैठकमा शान्ती सुरक्षा,खानेपानी,भन्सार सहुलियत,ट्राफिकको व्यवस्थापन,गोताखोर र संचार लगायतको व्यवस्थापन चुस्तदुस्त गरिनु पर्ने बैठकमा सहभागीहरुले बताएका थिए । नेपालको विभिन्न जिल्ला र भारतको बिहार र उतरप्रदेश राज्यका विभिन्न जिल्लाहरुबाट करिब २ देखि ३ लाख सम्म दर्शनार्थीहरु मेलामा दर्शन गर्न आई नारायणी नदिमा स्नान गर्ने गरेको पाइन्छ । माघे औसिको दिनमा त्रिबेणिको नारायणी नदिमा स्नान गर्दा शरीरमा भएका विभिन्न घाउ खटिरा र रोगहरुको अन्त्य हुने बिश्वास रहेको दर्शनार्थीहरुको भनाइ रहेको छ । सो बैठकले मेलाको सम्पूर्ण अनुगमन गर्नका लागि बिनयी त्रिबेणि गाउँपालिका कि उपाध्यक्ष मिना रानाको संयोजक्तामा ७ सदस्यीय अनुगमन समिति गठन गरेको छ । भने मेलाको व्यवस्थापन समितिलाई सल्लाह र सुझाव दिनको लागि हिरालाल भट्टराई र उपेन्द्र जोशीको दुई सदस्यको सल्लाहकार समिति पनि गठन गरेको छ ।

- Advertisement -
spot_img

संबन्धित

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme