तस्करका लागि नवलपरासीकाे सीमा स्वर्ग बनेकाे, सुपारी तस्कर फरार

57
सीमामा बरामद गरिएकाे बाेरा सहितकाे सुपारी

नन्दु यादव नवलपरासी, मंसीर १७ ।

केही दिन अघि मात्र भारी मात्रामा नवलपरासीकाे दक्षिणी सीमामा तस्करीकाे सुपारी बरामद भएकाे थियाे । नेपालबाट लगिएकाे सुपारी गाेदाम गरी राखिएकाे अवस्थामा भारतीय बजार ठुठीबारीबाट नियन्त्रणमा लिएर भारतीय सुरक्षाकर्मीले कार्वाही चलाएका थिए ।

तस्करीकाे याे घटना सेलाउन नपाउदै सीमाक्षेत्रमा फेरी सुपारी बरामद भएकाे छ । बरामद भएकाे यस सुपारी तस्करीकाे घटनाले नेपाली सुरक्षा निकायमाथि प्रश्न चिन्ह खडा गरेकाे छ ।

सीमावर्ती भारतीय बजारकाे ठुठीबारीमा सुपारी बरामद भएकाे घटनाले नेपाली सुरक्षा परिवेशमा चर्चा नचलेकाे हाेइन तर यसमाथि कुनै प्रशासनिक पहल गरिएकाे देखिदैन । जसले तस्करहरू निर्वाध रूपमा तस्करी गरिरहेकाे स्थानीयहरूकाे भनाइ छ । जसलाइ अहिले बरामद भएकाे घटनाले साबित गरेकाे छ ।

तस्करीकाे चर्चा चारैतर्फ चल्न थालेपछि अाइतवार रमपुरवा नजिक दशगजा क्षेत्रबाट १५० केजी सुपारीकाे खेप सशस्त्र प्रहरी बल बिअाेपि हरपुरले नियन्त्रणमा लिएकाे हाे । प्रहरीले साे सुपारी करिब ४५ हजार मुल्य बराबर रहेकाे जनाएकाे छ ।

नेपालमा प्रति केजी ३५० मा खरिद गरि भारतमा ५०० नेपाली रुपैयामा बिक्री हुने गरेकाे बुझिएकाे छ । तस्करहरू माेटाे रकम कमाउने गरेकाे यस अवैध धन्दा निर्वाध रूपमा चल्नुकाे पछाडि प्रहरीकाे कम सकृयता नै कारण रहेकाे बताइएकाे छ ।

तस्करीकाे बाटाेमा कुनै अवराेध नभएका कारण तस्करका लागि नवलपरासीकाे सीमा स्वर्ग बनेकाे छ । जसले तस्कर हरुले फाईदा लिईरहेकाे चर्चामा व्याप्त छ । यस्तैमा गएराती ३ बजेकाे समयमा भारतकाे ठुठिबारी तर्फ लैजादै गरेकाे अवस्थामा रमपुरवाकाे दशगजा क्षेत्रमा साे सुपारी बरामद भएकाे हाे ।

प्रहरीलाई देखेपछि तस्करहरुले सपारी लाेड गरिएकाे साईकल छाडेर भागेका हुन् । सशस्त्र प्रहरी बल बि अाेपी हरपुरकाे माेबाईल टिमले साे सुपारी नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी निरिक्षक प्रकाश कुमार ढकालले जानकारी दिनुभयाे । बरामद सुपारीलाई राजस्व बिभाग बुटवल पठाईएकाे छ ।

तस्करका लागि नवलपरासीकाे दक्षिणी सिमाकाे पकलिहवा, बसहिया, भुजहवा, महेशपुर, गेर्मी लगायतका चाेरबाटाेहरू सुरक्षित मानिन्छन् । यी नाकाहरूबाट दैनिक रूपमा बालुवा गिट्टी, कपडा, इलेक्ट्रानिक समान लगायतका सामानहरु तस्करी भईरहेकाे स्राेतले जनाएकाे छ ।