वृजराज कुशवाहा, असार १९ नवलपरासी ।
बर्षेेेनी डुबान र कटानकाे पीडा भाेग्दै अाएका गण्डक कमाण्ड क्षेत्रवासीहरु यसवर्ष पनि डुबानमा परेपछि मुख्य पश्चिमी भारतीय गण्डक नहरकाे बाध भत्काएर पानीकाे निकास गराएका छन् । बांध भत्काउदा भारतलाई क्षति पुगेकाे छ ।
अबिरल वर्षाका कारण अाएकाे बाढीकाे पानी जमेकाे दुई दिनभन्दा बढि भएपछि धानबाली गतवर्ष झैं यसवर्ष कुहिने त्रासले बाध काटेर भएपनि पानी निकास गराउन बाध्य भएकाे सुस्ता गाउपालिका वडा नं २ का वडाध्यक्ष कृष्णलाल मुखियाले बताए ।
वडा नं २ मा ३०० बिगहाभन्दा बढि क्षेत्रफलमा राेपिएकाे धान दुईदिनभन्दा बढि समयदेखि डुबानमा परेकाे थियाे । साे क्षेत्रकाे पानीकाे निकासका लागि रानीनगरमा गण्डक नहरमा साईफन बनाईएपनि साईफनले पुर्ण क्षमतामा पानी तान्न सकेकाे छैन ।
वडाध्यक्ष मुखियाका अनुसार साईफनकाे सफाई भारत सरकारले गर्नुपर्छ तर यश वर्ष पनि नाम मात्रकाे सफाई गरिएकाे छ । जसले साईफनले पानी तान्न नसकेपछि साे जलजमाव हुन गएकाे हाे ।
बाढीकाे पानीले धानबाली डुबानमा परेपनि पानी समय मै निकास भै जाला भनेर स्थानीयवासीहरु कुरेका हुन् । तर निकास हुने अास मरेपछि रानीनगरकाे पश्चिमतर्फ गण्डक नहरकाे बाध काटिएकाे हाे । याे क्षेत्रमा गतवर्ष पनि डुबान परेकाे थियाे । डुबानका कारण धानबाली नष्ट भएकाे थियाे ।
डुबानकै कारण गतवर्ष पनि सुस्ता गाउपालिका क्षेत्र मै गण्डक नहर भत्काउने प्रयास गरिदा नेपाल र भारतीय पक्षबिच तनाव उत्पन्न भै जिल्ला प्रशासनकाे राेहबरमा एक सहमति भएकाे थियाे । तर कार्यान्यवन हुन सकेन ।
नेपाल भारतबीच ईस. १९५९ मा भएकाे सिंचाई तथा जलविद्युत सम्झाैता अनुसार गण्डक कमाण्ड क्षेत्रमा डुबान कटानकाे प्रभावबाट रक्षात्मक उपाय गर्ने जिम्मेवारी भारतीय पक्षकाे हुनेछ । तर भारतीय पक्ष उदासिन रहने गरेकाे छ ।
जसले नवलपरासीकाे साविक १३ गाविस क्षेत्रमा बर्सेनि डुबान कटान हुने गरेकाले स्थानीयले अरबाैंकाे क्षति व्याेहाेर्नु परेकाे छ । तर नेपाली प्रशासन माैन रहने गरेकाले गण्ठकमा पीडा असिमित बन्दै गएकाे छ ।
त्यस्तै बाढीका कारण भएकाे डुबानले प्रतापपुरकाे नन्दपुर, अमहवा, लगायतका स्थानमा १०० बढि घर परिवार विस्थापित भएकाे खबर छ । केही स्थानमा प्रहरीले उद्घार कार्यमा सहयाेग पुर्याएकाे छ ।