डिष्ट्रिलरी संचालनमा आउदाँ स्थानिय द्वारा बिरोध प्रर्दशन

10

सहबान अन्सारी, साउन ११ ।

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.८ स्थित ईन्दिरा सुगर मिल द्वारा संचालित डिष्ट्रिलरीकाे प्रदुषण नियन्त्रण गर्न दबाव दिदै बिरोध प्रर्दशन गरिएकााे छ ।

डिष्टिलरीकाे प्रदुषणले स्थानीयकाे स्वास्थ्यमा प्रतिकुल असर पार्याे भन्दै यश अघि पनि विराेध हुँदै अाएकाे छ ।

करिब डेढ बर्ष देखी बन्द रहेको उधोग फेरी आज संचालनमा आउन थालेपछि स्थानियहरुले बिरोध गर्दै उक्त कारखानामा ब्वाईलरको आगो निभाएको स्थानिय युवराज मौर्याले जानकारी दिनु भयो ।

डिष्ट्रिलरीबाट निष्केको धुलो, धुवा, र दुषित पानी बाट स्थानिहरुको बली नाली,वातावरण,तथा स्वास्थ्यमा प्रत्यक्ष नराम्रो असर पर्ने गरेको हुदाँ स्थानियहरुले बिरोध गर्दै आएका छन ।

गत जेठ ११ गते संचालित डिष्टलरीलाई पुर्ण रुपमा बन्द गर्न माग गर्दै स्थानियहरुले ताला बन्दी समेत गरेका थिए।