डिआइजी सिलवालकाे राजीनामा, एमालेतर्फ राजनीतिक झुकाव

8

काठमाडौं । प्रहरी महानिरीक्षक पदकाे नियुक्तिमा असन्तुष्टि जनाउँदै प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन मंगलबार खारेज भएकाे छ । लगत्तै उनले प्रेस विज्ञप्ति जारी गरी प्रहरी संगठनबाट अलग हुने घोषणा गरेका छन् ।

आफू कानूनको रक्षकका रुपमा प्रहरीमा कार्यरत रहेको तर कानूनी र राजनीतिक निर्णयबाट आफूलाई अन्याय परेको उल्लेख गर्दै उनले सरकारले विश्वास नगरे पनि जनता र जवानहरु माझ आफ्नो छबी कायम भएको दाबी पनि गरेका छन् ।

Advertisement

उनले भनेका छन्, ‘प्रहरीमाथि राजनीति गर्ने वा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहेसम्म कानूनी राज्य स्थापित हुन सक्दैन ।’

उनले जनताले बिश्वास गरेको कुरा विज्ञप्तीम उल्लेख गर्नुले अबका दिनमा उनले राजनीति गर्ने छाँटकाट देखाएका छन् । एमाले निकट वकील शम्भू थापासंग निकट सम्बन्ध भएका सिलवालले एमालेबाट राजनीति गर्ने आँकलन गरिएको छ ।

Advertisement