बिन्दू कुमार चाैहान
लुम्बिनी २९ भदौ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सी के राउत ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलकाे रूपमा रहेकाे भगवान गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन ।
मधेश टुक्रयाउने अभिब्यक्ति दिएको आरोपमा रुपन्देही जिल्ला अदालतमा बिचाराधीन रहेकाे मुद्दाको तारेख बुझ्न भैरहवा आएका डा. राउत अाफ्ना सयाैं कार्यकर्ताका साथ लुम्बिनीको अवलोकन गरेको बताईएको छ ।
कडा सुरक्षा घेराका बीच भदाै २८ का दिन लुम्बिनी पुगेका राउत मायादेबी मन्दिर, अखण्ड शान्तिद्वीपको अवलोकन गरेका थिए । लुम्बिनी दर्शन पश्चात फर्कने क्रममा उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मधेशमा जन्मेका बालक सिद्धार्थ बुद्धत्व प्राप्तीपश्चात प्रतिपादन गरेका बुद्धदर्शन २१ औं शताब्दीमा पनि बैज्ञानिक दृष्टिकोणले पनि ग्रहण योग्य रहेको बताए ।
उनले बुद्धको शान्ति सन्देशलाई संसारमा फैलाई लुम्बिनीलाई आध्यात्मिक शान्तिशहरको रुपमा विकास गर्नुपर्ने जिकिर गरे ।
डा. राउतले अहिंसावादी बुद्धको पथमा हिडने आफू अनुयायी भएको कारण शान्तिपूर्ण र पञ्चशीलको आधारमा संगठनको गतिविधी अगाडि बढाएको दाबी समेत गरे ।