नवलपरासी माघ ८
पश्चिम नवलपरासी जिल्लाकाे ग्रामिण क्षेत्रमा ट्राफिक चेकजाच कार्य तिब्ररुपले भईरहेकाे छ । जिल्लाकाे प्रतापपुर, पाल्हिनन्दन, सरावल र सुस्ता गाउपालिकाकाे बिभिन्न ठाउमा सवारी साधनहरु चेकजाच कडाईका साथ गरिएकाे छ । ग्रामीण क्षेत्रमा दिनैपिच्छे सवारी साधनहरु जिल्लाकाे ट्राफिक टाेलिबाट चेकजाच हुदा स्थानिय जनताहरु समस्यामा परेकाे समाजसेवी अनाेज यादवले बताउनु भएकाे छ ।
स्थानिय क्षेत्रमा जनताहरुले अावत जावत गर्दा सवारीसाधनकाे कागजपत्र नबाेकि, हेलमेट नलगाई अावतजावत गर्दा स्थानिय जनतालाई चेकजाच काे नाममा अनावश्यक दुख दिईरहेकाे यादवले बताउनु भयाे ।
ग्रामीण क्षेत्रमा बसाेबासगर्ने स्थानिय जनता सग प्राय भारतिय नम्बरकाे सवारी साधनहुदा समस्या भएकाे वहाले बताउनु भएकाे छ । नेपाल भारत बिच राेटिबेटिकाे सम्बन्ध भएकाेले भारतिय सवारी साधन रहेकाेले चेकजाच हुदा सवारी साधनकाे सुबिधा र भन्सार नहुदा धेरै गाडिहरु कार्वाहिमा परेकाे वहाले बताउनु भयाे ।
भन्सार कार्यालयहरु टाढा भएकाले दिनदिनै सुबिधा र भन्सार गर्न समस्या रहेकाे स्थानियहरुले बताएका छन । उता नेपाल सरकारले भारतीय नम्बरकाे नेपालमा प्रबेशगर्दा सुबिधा र भन्सार गरेर मात्र प्रबेश गर्न प्रावाधान रहेकाेले सबैले कानुन बमाेजिम नियमकाे पालन गर्नुपर्ने जिल्ला ट्राफिक प्रहरीले कार्यालय नवलपरासीले जनाएकाे छ ।
गाउगाउमा दुर्घटना सम्बन्धि जानकारी पुर्याउने उदेश्यले चेकजाच गरिएकाे ट्राफिक कार्यालयले जनाएकाे छ।