झुन्डीएको अवस्थामा शव फेला

108

संजय कुशवाहा, बेलाटारी, माघ २१ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं. ८ मा एक व्यक्तिको झुन्डीएको अवस्थामा शव फेला परेको छ ।
झुन्डीएर मृत अवस्थामा फेला परेको व्यक्ति बर्दघाट नगरपालिका वडा नं. ४ बस्ने ४५ वर्षिय जिवलाल घिमिरे रहेका छन् ।

उनको आज विहान प्रतापपुर गाउपालिका वडा नं. ८ मा पर्ने फटकी टोल बस्ती बाट २ सय मिटरको दुरीमा शव फेला परेको हो । झुन्डीएको ठाँउ बाट सय मिटरको दुरीमा मोटरसाईकल पनि फेला परेको छ । लु ४६ प ६१६१ नम्बरको मोटरसाईकल बाटोको छेउमै वेवारीशे अवस्थामा प्रहरीले फेला परेको छ । यस्तै घिमिरेको पकेट बाट दुईवटा मोबाईल र नगद केही पैसा पनि भेटिएको प्रहरीले जनाएको छ ।

घिमिरे बर्दघाट मै मासु पसलको सञ्चालक पनि रहेका थिए । शवलाई सनाख्त गरी पोस्टमार्टमका लागि काठमान्डाैं पठाउने तयारी भइरहेकाे इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश श्रीमलले बताउनु भएकाे छ । उनि आफैं झुन्डीएर मरेको वा मारीएको भन्ने वारे प्रहरीले थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।