उमेश बि.क, नवलपरासी, २० कार्तिक ।
नवलपरासीको सरावल गाउँपालिका २ मनरीमा रामग्राम जेसीज परासीकाे जेसीज सप्ताह २०१८ तथा पुर्ब जेसिस परिचय कार्यक्रम सम्पन्न भएको छ ।
जेसिजकाे साप्ताहिक कार्यक्रमहरु मध्ये सरावल गाउँपालिका २ मनरीमा पुर्ब जेसिज परिचय कार्यक्रम तथा जेसीज सप्ताह २०१८ रामग्राम जेसीज परासीले अाफ्ने जेसिज सप्ताह सम्पन्न गरेको छ ।
कार्यक्रममा मुक्तिप्रसाद पौडेलकाे अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पाैडेलको प्रमुख अातिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बाेधन गर्दै सहायक जिल्ला अधिकारी पाैडेलले ‘जेसिज युवाहरुकाे संस्था हो’ उनले भने‘ जेसिजले धेरै युवाहरुलाई नेतृत्वकर्ता उत्पादन गरी समाजलाई हस्तान्तरण गर्ने गरेको छ उनले बताए ।
कार्यक्रममा सरावल गाउँपालिकाका वडा नं. २ का वडा अध्यक्ष शम्भु चाैधरी, नवलपरासी पुर्ब जेसिज अध्यक्ष यम कुमारी सुवेदी, रामग्राम महिला जेसिजकी अध्यक्ष माया अग्रहरी, सिद्धार्थ जेसिजका अध्यक्ष कमल भण्डारी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । जेसिस परिचय कार्यक्रममा सरावल गाउँपालिकाका ४५ जना युवाहरुकाे सहभागीता रहेकाे थियो ।