जिल्ला स्तरीय लिखित रूपी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

36

पाैष ८, २०७४ उमेश बि.क, नवलपरासी /

नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ३ कुस्मामा आज जिल्ला स्तरीय लिखित रूपी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे छ।

पाल्हिनन्दन गाउँपालिका स्तरीय बाल संजालकाे आयोजनामा र पाल्हिनन्दन गाउँपालिकाकाे सहयोगमा गरिएकाे सो प्रतियोगिता पाल्हिनन्दन गाउँपालिका स्तरीय बाल संजालका अध्यक्ष सुरज गुप्ताको अध्यक्षता तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम्) निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ख का नव निर्वाचित प्रदेश सभा सदस्य बैजनाथ जैसवालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा बाेल्दै प्रदेश सभा सदस्य जैसवालले बालबालिका भनेकाे देशका कर्णधार हुन । बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक, अभिभावक र साथीहरू ठुलाे भुमिका खेल्दछन । साथै यस्ता अान्तरिक कृयाकलाप समय समयमा गर्न एकदमै जरुरी रहेकाे छ ।

यस क्षेत्रकाे बिकास निर्माण कार्यमा सदैव अाफु अगाडि रहने बिचार राख्नुभएको छ। जिल्ला स्तरीय लिखित रूपी हाजिरी जवाफ प्रतियोगितामा जिल्ला भित्रका २२ बिद्यालयका १८७ जना बालबालिकाको सहभागीता रहेको थियो । राष्ट्र निमार्णका लागि सङ संगै पाइला चालौ भन्ने मुल नाराका साथ अति विपन्न तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्री बितरणको लागि समेत कार्यक्रम आयोजना गरिएको थियो ।

साविक प्रा०वि०का १७ जना, नि०मा०वि० का १०६ जना तथा मा०वि० तहका ६४ जना बालबालिकाहरुको सहभागी रहेको थियो । तीन वटै तहका प्रथम देखि पाँचौ स्थान सम्मका सहभागी विद्यार्थीहरुलाई पुरस्कार यही पाैष महिनाको १५ गते शनिवार पुरस्कार तथा समापन समारोह गरि वितरण गरिने छ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय चाैँथाे र पाँचौं हुनेलाई क्रमसः प्रमाण पत्र, मेडल, सिल्ड, कपि, डटपेन र ब्याग सहित अन्य पुरस्कार प्रदान गरिने छ । परीक्षा व्यवस्थापन समितिका अध्यक्ष अर्थात केन्द्राध्यक्षको रुपमा जिल्ला बाल समुह समन्वय सतिका भुपु अध्यक्ष दाता गिरि रहनु भएको थियो ।