उमेश बि.क नवलपरासी, ११ पाैष २०७४ ।
नवलपरासीको बर्दघाट नगरपालिकामा अवस्थित सहयोगी यूथ क्लव बर्दघाटले मंगलवार बर्दघाट नगरपालिकाको वडा नम्बर ९ मा रहेको राजा महात्मा पूर्णभद्र मा.विमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
सामुदायिक विद्यालयलाई लक्षित गरी लागुऔषधको प्रयोग र त्यसको न्यूनिकरणका विषयमा सो क्लवले जनचेतना फैलाउने काम गरी रहेको छ। क्लवले दुब्र्यसनीको प्रयोग , सामाजीक संजालको प्रयोग र साथीसंगतले पार्ने प्रभावको विषयमा सचेतना कार्यक्रमलाई केन्द्रीत गर्दै सामुदायिक विद्यालयहरुका कक्षा ८ र ९ का २ सय भन्दा विद्यार्थीहरुलाई यस प्रकारको शिक्षा प्रदान गरी रहेको छ।
यस अभियानमा यहयोगी यूथका अमर रेग्मी , किरण बस्याल र सोभा सापकोटाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागि विद्यार्थीले आफुहरुका लागि पहिलो पटक सहयोगीले यस्तो कार्यक्रम राखेको भन्दै समय समयमा यस्ता खालका कार्यक्रम ल्याईदिनका लागि अनुरोध समेत गरेको जनाईएको छ ।
विद्यालयका शिक्षकहरुले समेत सहयोगीको अभियानलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।
समाज परिवर्तनका लागि भन्दै आफ्नो खाजा खाने खर्च कटौती गरेर यस अभियानमा लागि परेको बताउदै संयोजक अमर रेग्मीले बताउनुभयो । उहांले यस अभियानलाई स्थानिय तहले पनि सहयोग गर्न सके थप प्रभावकारी बनाउदै जाने बताउनुभयो । सहयागीेको अभियानलाई दौतरी एफ .एम १०५.८ मेगाहर्जले संचार सहयात्रीको रुपमा सहयोग गर्दै आईरहेको छ ।