गण्डक नदि नियन्त्रण संघर्ष समिति अभियान बंङ्गलादेशमा

20

वृजराज कुशवाहा, बंगलादेश
१ डिसेम्बर ।

एक नदि थुप्रै समुदाय नामक नाराका साथ नेपालकाे नवलपरासीमा सक्रिय रहेकाे गण्डक नदि नियन्त्रण संघर्ष समितिकाे अभियान बंङ्गलादेश पुगेकाे छ ।

डिसेम्बर १ तारेखमा बंगलादेशकाे राजशाही जिल्लाकाे प्रिजपुरमा अायाेजित त्रिदेशिय बै‌ठकमा
नेपाल भारत र बंगलादेशमा जल अधिकारकर्मीहरु, पत्रकार, जल अभियन्ता र स्थानीयवासीहरुकाे सहभागिता रहेकाे छ ।

नदिकाे तटिय क्षेत्रमा बसाेबास गरेकाहरुकाे यश बैठकले नेपालमा गण्डक, भारतमा गंगा नदि र बंगलादेशमा पदमा नदिले सताईएका नदि पीडितहरुले अाफुहरु नदिकाे सास्ती र सरकारहरुबाट पीडा भाेग्न परेकाे बताए । त्रिदेशिय यश बैठकले अाजै एक घाेषणापत्र जारि गर्नेछ ।
बैठकमा नेपालबाट गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासीका अध्यक्ष दुभनाथ गुप्ता, प्रवक्ता वृजराज कुशवाहा, सचिव शैलेन्द्र शर्मा, सहसचिव नारायण भण्डारी सहभागी भएका छन् । त्यस्तै जलअधिकारकाे क्षेत्रमा काम गरेकाेे ईन्द्रेणी समाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुबेदी, कार्यक्रम अधिकारी बिमलराज घिमिरे, उपाध्यक्ष हाेमराज कुवर, श्याम थापा र दधिराम पाैडेल सहभागी हुनुभएकाे छ ।