पाल्हिनन्दन, मंसिर ६ गते नवलपरासी ।
दोस्रो परासी स्रोत केन्द्र स्तरीय खेलकुद प्रतियोगिता-२०७४ को उपाधी उत्तम बाल हित नि० मा० उजैनीले १०१ अंक प्राप्त गरि हात परेको छ ।
मंसीर ३ गतेदेखि संचालित खेलमा रामग्राम नगरपालिका शान्तिचौर को सरस्वती मा०बि० ले ९० अंक प्राप्त गरि दि्वतिय तथा पवन मा० बि० परासी र जनता मा०बि० धनगडवाले ७२ अंक प्राप्त गरि तृतिय स्थान हासिल गरेको छ । अंक तालिका रिले खेल बाहेक अन्य खेल मा प्रथम आउने बिधालयले ७ अंक दितिय आउने बिधालयले ६ गरि तितिय, चौथो, पाचौं, छैठौं आउने टिमले क्रमशः ५,४,३,२,१ अंक प्राप्त गर्ने व्यवस्था रहेको थियो भनी खेलकुद मुल समितिका संयोजक पशुपती दास पटेलले जानकारी दिनु भयो ।
बिधालय बाहेक जिलेबी दौड, बोरा दौड, चम्चा दौड, तिनखुट्टे दौड, कुर्सी दौड, १०० मिटर, २०० मिटर, ४००मिटर, ८०० मिटर, १००×४, ४००×४ रिले दौड, हाइ जम्प, लङ जम्प र सटपुट ८ पाउण्ड खेलमा प्रथम, दितिय, तृतिय हुने खेलाडीलाई मेडल प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

उत्कृष्ट मार्चपास, उत्कृष्ट (४-५) र (६-८) खेलाडीलाई पुरस्कृत तथा सम्पूर्ण अपिसियल, आयोजक बिद्यालयका अध्यापनरत शिक्षक, बि०ब्य०स०, बाल क्लबका आदित्य प्रजापति, बाल अधिकारका लागी राष्ट्रिय अभियानका ५ नम्बर प्रदेश संयोजक रञ्जीत शर्मा लगायतकालाई प्रसंशा पत्र सहित सम्मानित गरिएको थियो ।
हरपुर मा०बि०का बिधालय व्य०स०का अध्यक्ष कृष्ण मोहन सहानीको अध्यक्षता , नवलपरासी जिल्लाको सहायक जिल्ला शिक्षा अधिकारी तोयनाथ लम्सालको प्रमुख अथिकता र बिद्यालय निरीक्षक पशुपती भट्टराई विशिष्ट अथिकता, पाल्हिनन्दन गाउपालिका वार्ड नम्बर -२ का वडा अध्यक्ष श्री रामनगिना सिंह, स्रोत ब्यक्ति बल्लभाआचार्य गिरिको विशेष अथतिथ्यता, विभिन्न बिद्यालयका प्र०अ०, शारीरिक शिक्षक र अथितिहरुको उपस्तिथिमा पुरस्कार बितरण सहित समापन भएको हो ।
मंसिर ३ गतेदेखी ६ गतेसम्म संचालन भएको प्रतियोगितामा परासी स्रोत केन्द्रका ४३ वाट बिद्यालयकाे सहभागिता रहेको थियो । नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड नम्बर -२ हरपुरको हरपुर मा०बि० हरपुरको खेलमैदानमा समापन भएको प्रतियोगितामा सबै खेल भव्य र सब्य रुपले सम्पन्न भएको तथा २०७५ मा तेस्रो सृंखला उत्तम बाल हित नि०मा०बि० उजैनीमा सञ्चालन हुने खेलकुद मुलसमितिका संयोजक पसुपती दास पटेलले जानकारी गराएका थिए ।