यो खल्ती—
सिर्फ कपडाको प्वाल हैन,
यो त इतिहासले चिथोरेको चाप हो,
जहाँ श्रमको स्वर
पुँजीको खाममा हराइरहेछ।
पसिना अक्षर बन्न नसक्दा
धैर्य रित्तिएको छ,
र आशाको धागोले सिउन खोज्दा
हराउँदै गयो सपना—
बजारको मोनालिसा मुस्कानभित्र।
कहिले सिउँला हामी
खल्ती हैन, भविष्य?
जहाँ टाँका नपरोस्
प्रतिक्षाका गाँठोहरूमा।















