कांग्रेसबाट नवलपुर जिल्लाको संघीय सभा र प्रदेश सभाको उम्मेदवार कसलाई बनाउंदैछ ?

92

पुजा चापागाई
नवलपरासी, १२ असोज
आगामी हुने संघ र प्रदेशको निर्वाचनका लागि नेपाली कांग्रेस गाउंपालिका र नगरपालिका समितिबाट उमेदवार सिफारिस गरेका छन । गाउंपालिका र नगरपालिकाबाट सिफारिस गरेको आधारमा बुधबार क्षेत्रीय समितिले अन्तिम उमेदवार सिफारिस गर्ने कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिनुभएको छ ।
नवलपरासी जिल्ला टुक्रिसकेपछि वर्दघाट, सुस्ता पुर्व नवलपरासीलाई २ सघीय सभा क्षेत्र ४ वटा प्रदेश सभा क्षेत्र कायम गरिएको छ । कांग्रेस कावासोती नगर समितिको मंगलबार कावासोतीमा सम्पन्न भेलाले संघीय सभाका लागि क्षेत्र नम्बर २ का लागि कृष्ण चन्द्र नेपाली, महेन्द्र ध्वज जिसी र विष्णु कुमार कार्कीलाई सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २ को क मा प्रदेस सभा सदस्यका लागि खुल्ला तर्फ विष्णु लामिछाने, केबी राना, श्रीधर शर्मा, मित्रलाल भट्टराई, शंकर तिवारीको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ दुर्गा गुरुङ्ग, दुर्गा रिजाल र राधिका डुमे्रको नाम सिफारिस गरेको छ ।
समानुपातिक तर्फ कमल राज गुरौको नाम सिफारिस गरेको छ । यसै गरि क्षेत्र नम्बर १का लागि डा. सशाङक कोईराला, कृष्णा चन्द्र नेपाली र महेन्द्रध्वज जिसी, समानुपातिक तर्फ धन बहादुर मास्की राना, चेतनारायण भुषालको नाम सिफारिस गरेको छ ।
प्रदेश नम्बर १ ख का लागि प्रत्यक्ष उमेदवार तर्फ बालकृष्ण घिमिरे, ओमकला गौतम, विष्णु पाण्डे, महेन्द्र पोख्रेल, सरस्वती तिमिल्सीना, एक नारायण अधिकारी, कपिलदेव भुषाल, श्याम श्रेष्ठको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ राजेन्द्र पराजुली, राम प्रसाद रिजाल, अमृता सिग्देल, रामचन्द्र भट्टराई, अमर सिङ विक, सीता कुवंरको नाम सिफारिस गरेको छ ।
यसैगरि कांग्रेस मध्यविन्दु नगर समितिको कोल्हुवा सम्पन्न नगर भेलाले संघीय सभाका लागि प्रत्यक्ष उमेदवार तर्फ विष्णु कार्की, कृष्णचन्द्र नेपाली, महेन्द्रध्वज जिस र समानुपातिक तर्फ कमलराज गुरौको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २ को क प्रदेशका लागि प्रत्यक्ष उमेदवार तर्फ विष्णु लामिछाने, श्रीधर शर्मा, लक्ष्मी मैनाली, केबी राना, शंकर तिवारीको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ टिका महतो, सीता ढुंगाना, लिला ढुंगाना, लक्ष्मण बोहरालाई सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २को ख प्रदेशका लागि दुमन भण्डारी, सूर्य गुरुङ्ग, उदय अर्याल, भरत भुषाल, कमल भट्टराई, गणेशमान श्रेष्ठ र समानुपातिक तर्फ शोभा जिसी, सुरेन्द्र राणा, खडानन्द तिवारीको नाम सिफारिस गरेको छ ।
यसै विच कांग्रेस विनयी निवेणी गाउंपालिकाले क्षेत्र नम्बर २ संघीय सभाका लागि विष्णु कुमार काकी, कृष्णा चन्द्र नेपाली, महेन्द्र जिसी खुल्ला तर्फ र समानुपातिक तर्फ कमलराज गुरौको नाम सिफारिस गरेको छ ।
२ नम्बर क्षेत्रको ख प्रदेशका लागि खुल्ला तर्फ टेक बहादुर श्रेष्ठ, गणेशमान श्रेष्ठ, फडेन्द्र आचार्य, बालकृष्णा भुषाल, सूर्य गुरुङ्ग र समानुपातिक तर्फ शोभा जिसीको नाम सिफारिस गरेको छ । नवलपरासीको जिल्ला विभाजन भएपछि नवलपूर क्षेत्रको लागि २ वटा सँघिय क्षेत्र र ४ वटा प्रदेश निर्धारण गरिएको छ ।