उमेश बि.क / नवलपरासी , २७ चैत
नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्लाका बिभिन्न स्वास्थ्य संस्था तथा क्यारेन्टाइनमा स्वास्थ्यकमीलाई अत्यआवश्यक बिभिन्न सामाग्री उपलब्ध गराएको छ ।
स्वास्थ्यकर्मीलाई अत्यआवश्यक मानिने ( पिपीई , सेनीटाईजर , मास्क ) लगायतका स्वास्थ्यजन्य सामाग्री हस्तान्तरण गरिएको हो छ। सबै स्संस्थालाई ५ ÷५ सेट पिपीई , सेनीटाईजर , मास्क उपलब्ध गराईएको छ ।
चिसापानी अस्पताल , सहिदस्मृती सामुदायीक अस्पताल , पाल्ही प्राथमिक स्वास्थ्य केन्द्र , डा. बिनोद निता कण्डेल आखां अस्पताल , सुनवल ११ स्थित क्वारेनटाइन र पृथ्बी चन्द्र अस्पतालमा ति सामाग्री उपलब्ध गराएको हो ।
कांग्रेसका केन्द्रिय सदस्य एवम् संघीय सांसद देवेन्द्रराज कण्डेलमा पहलमा चौधरी फाउण्डेसनले उपलब्ध गराएको सामाग्री कांग्रेसको टोलीले सबै संस्थामा पुगेर बितरण गरेको थियो।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को सम्भावित संक्रमणलाई रोकथाम गर्न बिभिन्न अस्पतालमा खटिरहने स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामाग्री बितरण गरिएको सांसद कण्डेलले बताउनु भएको हो ।
बिशेषगरी सम्भाबित संक्रमण भएका ब्यक्तिहरुको नियमित उपचारमा खटिनु पर्दा स्वास्थ्यकर्मीहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने भएकोले स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्नु कर्तब्य भएकोले सुरक्षा सामाग्री बितरण गरिएको सांसद कण्डेलले बताउनु भएको छ ।
एकातिर देशमा लक् डाउनको अवस्था छ अर्को तिर यसको महामारीका कारण हरेक जनतामा त्रासको बातावरण छ l मान्छेहरु घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन तर स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी अाफ्नाे ज्यानकाे प्रवाह नगरी दिनरात खटिरहेकाे स्वास्थ्यकर्मीहरुकालागी स्वास्थ्य सामाग्री उपलब्ध गराएको पार्टीका जिल्ला सभापति बिष्णु प्रसाद पौडेलले जानकारी गराउदै पार्टीले आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तता दिने उद्घोष गर्नुभयो ।