करेन्ट लागेर सुस्तामा एक भैंसीको मृत्यु 

37
श्याम थापा
सुस्ता २७ बैषाख ।
बिजुलीको करेन्ट लागेर नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिम सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवा स्थित सेमरी बस्ने मोहनलाल कोहारको एएटा भैसीको मृत्यु भएको छ ।
०७५ बैषाख २५ गते रातीको बेलामा आएको हावाहुरी, असिना र पानीले गर्दा सेमरी गाउँको मुसहर टोल नजिक बिजुलीको पोल भाचिएर खसेको तारमा लागेर भैसीको मृत्यु भएको हो ।
मोहन लाल कोहारले भैसी चराउन लैजाने क्रममा भाचिएर खसेको बिजुलीको तारमा सटेर भैसीको मृत्यु भएको पशु कृषक मोहन लाल कोहारले बताए ।
हावाहुरी,असिना र पानीले गर्दा रातभरी लाइन नभएको कारणले बिधुत कार्यालय त्रिबेणिका कर्मचारीहरुले बिजुलीको तारहरुको चेक जाँच नगरि करेन्ट सप्लाई गरेपछि भाचिएर तल खसेको बिजुलीको तारमा पनि करेन्टको सप्लाई पुगेको हो ।
पोल भाचिएर तल खसेको बिजुलीको तारले सोही वार्डको हरिलाल हरिजनको अन्दाजी ७ बर्षिय छोरा आकाश हरिजनलाई पनि बिधुतिय झट्का लागेर अहिले उनको घरमै उपचार भैरहेको आकाशको बुवा हरिलाल हरिजनले बताउनु भयो ।
यसरी बिधुतका कर्मचारीहरुको चरम लापरबाहीले गर्दा मोहनलाल कोहारको करिब १ लाख बराबरको भैंसी मरेको हाे ।