कपिलवस्तुका शिक्षक र विद्यार्थीमा काेराेना संक्रमण

17

समुदायस्तरमा काेराेना संक्रमण फैलिए सँगै मंगलबार जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले शिवराज नगरपालिकाभित्र समुदायमा रहेका १३ जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरेको छ।

तीमध्ये नेपाल आदर्श मावि शिवपुरका दुई जना शिक्षकमा समेत काेराेना संक्रमण देखिएकाे हाे । यसैगरी, काठमाडौँ अाउनका लागि पिसिआर परीक्षण गरेका कृष्णनगर नगरपालिकाका दुई जना विद्यार्थीमा काेराेना देखिएकाे छ । उनीहरूको ट्राभल हिस्ट्री समेत नपाइएको शिवराज नगरपालिका सुपा देउराली आइसोलेसनले जनाएकाे छ ।

शिक्षकलाई कोरोना देखिएपछि नगरपालिकाभर त्रास छाएको छ। शिवराज नगरपालिकाले कक्षा ४ देखि माथिल्लो कक्षाका लागि विद्यालयमा दैनिक ३ घण्टा वैकल्पिक शिक्षा प्रदान गर्दै आएको थियो। साभारः खबरएजुकेशन